हुलाकी न्यूज, काठमाडौं २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्त्रिपरिषद् विस्तार भएको छ ।
प्रधानमन्त्री प्रचण्डले राप्रपाबाट २ र नेकपा संयुक्तबाट १ जनालाई थपेका छन् ।
राप्रपाबाट दीपक बोहोरा र विक्रम पाण्डे मन्त्री भएका छन् भने नेकपा संयुक्तबाट जयदेव जोशी मन्त्री भएका छन् ।
मन्त्रालयको जिम्मेवारी अहिले टुंगो नलागेको स्रोतले जनायो । यससँगै प्रचण्डको मन्त्रिमण्डल ९ सदस्यीय बनेको छ ।



