हुलाकी न्यूज, काठमाडौं, ३१ भदौ । नेपाल सदभावना पार्टी (गजेन्द्रवादी)ले असोज तीन गते आउने भनिएको मधेशविरोधी संविधान जलाउने बताएको छ । नेसपा (गजेन्द्रवादी)का राष्ट्रिय अध्यक्ष विकास तिवारीले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै बहुमतको आडमा संविधानसभाबाट ल्याउन लागिएको संविधानको पार्टीले भत्र्सना गरेको बताएका छन् । उनले मधेशमा जारी आन्दोलनको सन्दर्भमा उठेका मुद्दाहरुलाई नजरअंदाज गरी ल्याउन लागेको संविधान स्विकार नहुने जनाएका छन् ।

विज्ञप्तिमा संविधानसभाबाट संविधान निर्माणको मुख्य आधार मधेश आन्दोलन र जनआन्दोलन रहेको उल्लेख गर्दै मधेश आन्दोलनको जनादेश बमोजिम झापादेखि कंचनपुरसम्म अखण्ड मधेश प्रदेश निर्माण नगरिएकोमा विरोध गरिएको छ ।

तिवारीले विज्ञप्तिमार्फत मधेश आन्दोलनमा जनताविरुद्ध सेना परिचालन गरिएको, आन्दोलनकारीमाथि गोली प्रहार गरिएको र मधेशी आन्दोलनकारीलाई झुठो मुद्दा तथा षड्यन्त्रमा फँसाउने अलोकतान्त्रिक कदमको विरोध गर्दै अखण्ड मधेशको निर्माणका लागि सम्पूर्ण मधेशवादी शक्तिहरुलाई एकजुट भई अगाडि बढ्न आह्वान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.