harinagara
हुलाकी न्यूज, सुनसरी २४ साउन । सुनसरीको दक्षिणी क्षेत्रलाई लक्षित गर्दै हरिनगरामा ईलाका प्रशासन कार्यालय खुलेको छ ।

आइतबार प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले एक दलित किशोरीलाई नागरिकता वितरण गरी कार्यालयको उद्घाटन गरेका छन् ।

गृह मन्त्रालय भएको निर्णय अनुसार नागरिकता, राहदानी सिफारिस, ठाडो उजुरी लगायत जिल्ला प्रशासन कार्यालयबाट हुने काम ईलाकास्तरबाट नै लिन सकिने छ ।

सो कार्यालयले दक्षिणी १४ वटा गाविसलाई सेवा प्रवाह गर्ने छ । कार्यक्रममा आफ्नै घर आँगनमा सेवा पाएको भन्दै स्थानीय राजनीतिकर्मीले खुसी व्यक्त गरे ।

कार्यालयमा १ जना शाखा अधिकृत, ३ जना नासु, १ जना सहायक कम्प्युटर अपरेटर, १ जना सहलेखापाल र २ कार्यालय सहयोगीको दरवन्दी छ ।

नजिकबाट सरकारी सेवा लिन सकोयोस भन्ने् ध्येय राखी कार्यालय खोलिएको शाखा अधिकृत गिरिराज भट्टराईले जानकारी दिए ।

यसअघि सुनसरीको धरानमा ईलाका प्रशासन रहेकोमा हरिनगरामा जिल्लाको दोस्रो ईलाका प्रशासन खुलेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.