
हुलाकी न्यूज, काठमाडौं २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदुत रन्जित रायबीच भेटवार्ता भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र रायबीच करिब १ घन्टासम्म कुरा भएको स्रोतको दाबी छ ।
अध्यक्ष ओलीलाई भेट्न बिहान ११ बजे भारतीय राजदूत राय एमाले मुख्यालय धुम्बाराही पुगेका थिए ।
अध्यक्ष ओली र राजदूत रायबीच समसामयिक विषयमा कुराकानी भएको थियो ।
तस्विर : केपी शर्मा ओलीको सचिवालय



