PM Prachanda
हुलाकी न्यूज, काठमाडौं २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवहरुलाई निर्मम बनेर परिणाम निकाल्न निर्देशन दिएका छन् ।

उनले नेपाल सरकारका सचिवहरुलाई तीन दिनभित्र परिणाममूखी योजना पेश गर्न निर्देशन दिएका हुन् ।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित विशेष निर्देशन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई उक्त निर्देशन दिएका हुन् ।

उनले भने, ‘समय थोरै छ, चुनौतिपूर्ण समय छ, काम धेरै छन् । मन्त्रालयको प्राथमिकता र कार्ययोजना तोकेर तीन दिनभित्र मूख्य सचिवमार्फत् मलाई ठोस योजना दिनुपर्छ । परिणाम निकाल्ने तपाईको कार्यतालिका पनि चाहिन्छ । निर्मम बनेर परिणाम निकालौं । योजनाको कार्यान्वयन मैले ग्राफमा हेर्न पाउनुपर्छ ।’

प्रधानमन्त्रीले कर्मचारीहरुलाई सरुवा, बढुवा, विदेश भ्रमण, सेमिनार, गोष्ठी जस्ता औपचारिक कार्यक्रम र व्यक्तिगत लाभमा नअल्झन निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.