
हुलाकी न्यूज, काठमाडौं २३ साउन । मधेशी बुद्धिजीबीहरु मधेशी मोर्चाका नेताहरुप्रति असन्तुष्टि जनाउँदै मधेशमा जागरण अभियान चलाउने भएको छ ।
मधेशी मोर्चाका नेताहरुले सहमति सम्झौता गरेर सत्ताको राजनीति मात्र गरिरहेको उनीहरुको ठहर छ ।
मधेशमा फस्टाउँदै गएको भ्रष्टाचार, मधेशका सामाजिक विकृति, लगायतका विषयमा मधेशमा जागरण अभियान चलाउने जनाइएको छ ।
शनिबार मधेशी बुद्धिजीबीहरुको एक भेलाले मधेशमा अब सामाजिक क्रान्तिको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।
सो भेलाले मधेशका गाउँगाउँमा जागरण अभियान चलाउने र आवश्यक परे नयाँ राजनीतिक शक्ति बनाउने एक मधेश नागरिक समाजका अध्यक्ष डा. डम्बर नारायण यादवले बताएका छन् ।
शनिबार बसेको बैठकमा वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल, मधेश नागरिक समाजका अध्यक्ष तथा पूर्वमन्त्री डा. डम्बरनारायण यादव, मधेशी नागरिक समाजका संयोजक गणेश मण्डल, पूर्वमन्त्री रामचन्द्र कुशवाहा, सदनन्दन कुर्मी, रामअवतार मण्डल, मनोहर अग्रवाल, बदन मण्डल, वरिष्ठ सँगीत शास्त्री गुरुदेव कामत, कामेश्वर मण्डल लगायतको उपस्थिति रहेको थियो ।



