
हुलाकी न्यूज, कपिलवस्तु, २२ साउन । वाढी प्रकोपबाट अति प्रभावितहरुलाई राहत वितरण तथा १५८ जनाको स्वास्थ्य परिक्षण र निशुल्क औषधी वितरण गरिएको छ ।
लुम्वनी सांस्कृतिक नगरपालिका वार्ड नं. २ भरथापुरका वाढी पिडितबाट अति प्रभावित १६ घर परिवारलाई राहत वितरण गरिएको छ ।
कोशिश टिम भैरहहवा तथा तराई मानव अधिकार रक्षक संजाल (र्थड एलायन्स) को संयुक्त आयोजनामा प्रत्येक घर परिवारलाई २५ किलो मसिनो चामल, ५ किलो मटर, ५ किलो प्याज, ५ किलो आलु,१ किलो नुन, २ प्याकेट मसला, १ थान छाता, १ थान मच्छरदानी, टुथ पेष्ट, व्रस, साडी, पैन्ट र्सट, काँपी लगायत समग्री वितरण गरिएको छ ।
त्यसैगरी, उक्त वार्डका १५८ जना महिला, वालवालिका, गर्भावती महिला, वृद्ध तथा किशोर किशोरीहरुको स्वास्थ चेक जाँच गरी निशुल्क औषधी वितरण गरिएको छ ।
कार्यक्रम थर्ड एलायन्सका क्षेत्रीय संयोजक शैलेन्द्र अम्वेडकर तथा कोशिश टिमको डा. मनिष खतिवडाले संयुक्त रुपमा उद्दघाटन गरेका थिए ।
कोशिश टिमको सुवास गुप्त, थर्ड एलायन्सका शैलेन्द्र अम्वेडकर, स्थानीय वुद्धजीवी उमाशंकर पाठक, शिक्षक रामदेव यादव, पत्रकार सलमान खान, रविन्द्र गुप्त, स्थानीय युवा रविकान्त उपाध्य, लक्ष्मी गुप्त, अग्नीशक्ति यादव तथा भैराहवा मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले राहत संकलन कार्यमा सहयोग गरेका थिए ।
स्थानीय व्यापारी अभिन्नदन मिश्रा ज्यूले ८० किलो प्याज, सन्नी मधेशियाले ८० किलो आलु सहयोग गरेका थिए भने संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष महेन्द्र यादव तीन हजार, तमलोपाका जिल्ला अध्यक्ष अजय वर्माले एक हजार रुपैया सहयोग गरेका थिए ।
बाँकी सहयोग मेडिकल कलेज र कोशिस टिमले गरेको थियो ।



