ijot
हुलाकी न्यूज, काठमाडौं २२ साउन । इजोत अभियानले बाढीपीडितलाई राहत र खुशी बाँड्दैछ । युनाइटेड स्टेट्स युथ्स काउन्सिलका सदस्य ई. ओम कुमार साहको अगुवाईमा बाढीपीडितलाई सहयोगार्थ बाढी इजोत अभियानको थालनी गरिएको छ ।

सुजिता चौधरी, रामरतन साह, अरविन्द कर्ण, शाहील लगायतले सहयोग जुटाउने कार्यको जिम्मा लिएका छन् ।

जस अन्तर्गत साउन १४ गते शुक्रबारदेखि नै सहयोग जुटाउने कार्यको सुरुवात गरिएको थियो ।

ijot1

कार्य निम्न प्रकारले प्रारम्भ गरियो
१. २०७३।०४।१४ गते शुक्रबार को दिन सहयोग संकलन थालियो

२. २०७३।०४।१५ गते शनिबारको दिन संकलन गरिएको सामग्री सप्तरी पठाइयो

३. २०७३।०४।१६ गते आइतबार को दिन कोशी पिडित समाज लगायत विभिन्न स्थानीय संघ – संस्था संग बैठक गरियो . त्यसे दिन इनरुवाकाराम बस्ति , सदा बस्ति गरि ४३ परिवार लाइभेटि राहत वितरण गरियो

४. २०७३।०४।१७ गते सोमबारको बर्साईं का राम बस्ति, सर्दार बस्ती का ४१ परिवार र गोबरगाढा वार्ड नं(६ को योगिनिया लिलजा मा सामग्री वितरण गरियो

५. २०७३।०४।१८ गते मंगलाबार को दिन पर्साही वार्ड नं–५,६,७ को रामटोला, सदा बस्ति मा ११० परिवार लाइ सामग्री वितरण गरियो .

६. २०७३।०४।२० गते बिहिवार का दिन महदेवा वार्ड नं( ७,८,९ को खंग टोला, अधिकारी बस्ति, साफी टोला , मर्राही टोला र राम टोला मा पनि १५९ परिवार लाइ भेटि सामग्री वितरण गरियो

यसरि सकेको सहयोग गर्ने क्रम मा इजोत अभियान ले वास्तव मे आवस्यक परिवार जो आर्थिक रूपले बिपन्न छन् , तल्लो जातका मानिन्छन र जहाँ राहत पुग्न सकेको थिएन, त्यस्ता परिवार लाइ प्राथिमिकता मा राखियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.