
नेपाल को राजनितीक र प्राकृतिक बिकराल परिस्थितिलाई देख्दा हरेक युवाको मन भक्कानिएर आउँछ । प्रकृतिले त हामीलाई दुख दिएकै थियो, त्यस माथी पनि राजनितिक पार्टीहरुको घृणित राजनिती देख्दा त झन मान्छेको मुखबाट बक्क नै बन्द हुन थालेको छ । जनताले यो बुझ्नै सकिरहेका छैनन् कि हामी यो देशका नोकर हौं कि जनता ? के हामीलाई भाडामा ल्याइएको हो ? जस्ले गर्दा हामी अधिकार बिहिन पिल्सिएर बाच्नु पर्ने रहेछ । सत्तामा पुगेकाले जे गरेनी हुने ? बिडम्बना आज हामी आफैले आफैलाइ धिक्कारन बाध्य छौ कि हामीले कस्ता व्यक्तिलाई चुनेका छौ होला जस्ले देश र जनता को नाम बेच्दै आफ्नो पेट भर्न व्यस्त छन् ।
हिजो भुइचालो जाँदा पनि देश र जनता को नाम बेची आफ्नै पेट भरे आज पनि देश र जनता को नाम बेची आफै खल्ती भर्दै छन् । हिजो जनताको घर दैलोमा आउँदा व्यक्तिगत स्वार्थ देखि माथी उठि देश र जनताको सेवामा लाग्ने छु भनी झुठो कसम खाने ती बिदेशी दलालहरुले नत जनतालाई हेरे, नत देशको बिकराल परिस्थितिलाई हेरे, नत जनताको जीवन शैली नै उस्कन सक्यो, नत देशको बिकास नै हुन सक्यो । उस्क्यो त ती नेता भनौदा बिदेशी दलालहरु कै जीवन शैली उस्क्यो । कहिलै उस्केन गरिब दुखी जनताको जीवन शैली । हामी कुनै भाडामा बसेका जनता होइनौं हामी कुनै किनेर ल्याएको बस्तु होइनौं , हामी कुनै शरण लिएर बसेका पनि त होइनौं कि यी नेता भनौदाहरुले जे गरे पनि हामी सहेर बस्नु पर्ने , जे भने पनि सहेर बस्नु पर्ने अर्थात अन्याय र अत्याचार सहनु पर्ने । देश हाम्रो हो , हामी नेपाली भुमिका सन्तान हौं । हामीले धेरै हेर्यौँ, धेरै भोग्यौ, धेरै सहयौँ तर कसैले हाम्रो देशको चीत्कारलाई सुनेन ।
नेपाल हाम्रो घर हो, डेरा होइन् कि हामी बस्ने घरलाई कस्ले बनाइदेला भनेर कुर्दै बस्ने । हिजो जनताको माझ आउँदा व्यक्तिगत स्वार्थ देखि माथी उठि देश र जनताको सेवा गर्छु भनी झुठो कसम खाएका ती बिदेशी दलालहरुले हाम्रो घरलाई धोस्त पारी रहेका छन् , हाम्रो घरलाई जिर्ण अवस्थामा पुर्याएका छन् । अब हामी युवाहरु टुलुटुलु हेरि बस्ने अवस्था गैसक्यो । अब यो देश बनाउने जिम्मा हाम्रो (युवाको) हो । हामी युवाले नै देश चलाउनु छ । हाम्रो घर हामी आफै बनाउँनु छ । भत्केको घरलाई टाल्नु छ । हामी यो देशका सक्षम युवा हौं । यदि हामी युवाले चाहेमा बगेको नदि पनि फर्काउँन सक्छौं भने हामीले हाम्रो घर (देश) को रक्षा किन गर्न सक्दैनौं ? अब हामी गाउँ गाउँ बस्ती बस्तीबाट उठौँ । उठौँ हाम्रो घर बनाउँन भगाऔँ ती हामी प्रती राजनिती गर्ने बिदेशी दलालहरुलाई अब हामी स्वयं हाम्रो घरको नीति बनाऔं सबल र समृद्ध बनाऔं स्वर्ग भुमी बनाऔं । हाम्रो घर बनाउँन न अर्को बुद्ध न पशुपतिनाथ न कुनै पल्लो गाउँको छिमेकी आउँनेछ न कुनै दाता । हाम्रो घर बनाउँन हामी स्वयं युवा नै जुट्नु पर्छ । त्यसैले जागौँ आजै देखि नयाँ जोश र जाँगर का साथ जागौँ । अब पनि हामिले नगरे कस्ले, अहिले नगरे कहिले… ?
मेराजुदिन मियाँ, पाल्पा हाल कतार




साहित्यकार हुन पर्ने मान्छे कतार पुगेछौ बाबु । keep it up✌
देशको विकराल स्थितिले कतार पुर्यायो हजुर