
हुलाकी न्यूज, काठमाडौं २१ साउन । विश्व प्रख्यात गढीमाईको सबभन्दा महत्वपूर्ण पक्षमाथि सर्वोच्च अदालतले हस्तक्षेप गरेको छ ।
दक्षिण एशियामै सबभन्दा बढी पशुबलि दिइने बाराको गढीमाईमा बली रोक्न केही अन्तर्राष्ट्रिय आइएनजीओहरुले केही वर्षदेखि अभियान चलाएका थिए । तर पनि मधेशसहित सिमावर्ती भारतका श्रद्धालुहरुले बलिप्रदान गर्दै आएका छन् ।
गढीमाईमा बलि रोक्ने अन्तर्राष्ट्रिय संस्थाहरुको अभियान स्थिर भएपनि विहीबार सर्वोच्च अदालतले पशुबलि रोक्न आदेश गरेको छ ।
राष्ट्रिय समाचार समितिका अनुसार सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलि रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने बलि रोक्नका लागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएका अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।
आदेशमा भनिएको छ,‘जनतालाई त्यो ठीक होइन भन्ने जनचेतना जगाउनुपर्यो, जनता आफैँले आचारसंहिता तयार गरी लागू गर्ने वातावरण सरकारले बनाउनुपर्यो ।’
वातावरणीय दृष्टिकोणले समेत बलि दिनु उचित नभएको हुँदा सरकारले त्यसलाई रोक्नका लागि समिति गठन गर्न निर्देशन दिइसकेको छ ।
पशुबलि क्रुरताको रुप भएकाले त्यसलाई रोक्न आदेशको माग गर्दै अधिवक्ता अर्जुनकुमार अर्यालले २०७१ मङ्सिर ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गढीमाई मन्दिर व्यवस्थापन समितिलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए ।




Nepalma pasu Bali band garne ho bhane sabai thauko garnu
thikai tha gare cha, yo kasto patrakar ho, yesma kunai hastachep chaina, yo abhiyan chalaunai parcha, sabaile bujhne gari, ki devi debta ko naam ma basu badh garnu aapradh ho, ra yesle batawaran ma pani nakaratmak asar laucha, yesta kupratha jarai dekhi hami sab mili falnu parcha,