
हुलाकी न्यूज, काठमाडौं २१ साउन । काठमाडौंमा रहेका थारु–मधेशीहरुले संयुक्त राष्ट्र संघको कार्यालय पुलचौक अगाडि धर्ना दिने भएको छ ।
शुक्रबार दिउँसो साढे ११ बजेदेखि कालो पटी बाँधेर धर्ना दिनेछ ।
थरुहट–थारुवान संयुक्त संघर्ष समिति, काठमाडौँ उपत्यका आन्दोलन परिचालन समितिको अगुवाईमा धर्ना कार्यक्रम हुन लागेको समितिका सदस्य संजय चौधरी थारुले हुलाकी न्यूजलाई बताए ।
कालोपट्टिसहित लाल्टिन जुलुस र धर्नाको कार्यक्रम राखिएकोले उक्त कार्यक्रममा सहभागी हुन समितिले आग्रह गरेको छ ।
थारुहरुमाथि भएको राज्यआतंक बन्द गर्न, हिरासतमा रहेका थारुलाई रिहा गर्नका लागि पहल गर्न माग सहित प्रदर्शन हुन लागेको हो ।
फाईल फोटो



