Tilathi_pahadi
प्रबिन कुमार कर्ण

तिलाठी घटनाले आहिल निकै चर्चा पाएको छ । बाढ़ीको समस्या मधेश, उत्तर प्रदेश र बिहारको सत्यता हो । उत्तर प्रदेश र बिहारतीर भन्छन् ‘नेपाल अनियन्त्रित पानी छोर देता है और बाढ़ हमारा घर बहा ले जाता है’ । नेपाल तीर भन्छन् ‘इंडिया रोड बांध बना कऽ पानी बह के रास्ता बंद क दै है, हमरा सब के घर डुइब जाइ है’ (भारत रोड, बांध बनाएपछि हाम्रो घर डुबानमा पर्छ )

मधेशी होस् या आर्यखास, भारत अथवा चीनसंग लडेर सिमाको रक्षा गर्ने सामर्थ नेपालमा छैन यो सत्य हो । बेकार उफ्रेर बीरताको तगमा लगाउनु सपनामा घिउको लड़डू खानु जस्तै हो । नेपाल सिमा अतिक्रमणको समाचार उत्तर र दक्षिण दुईतिरैबाट सुनिन्छ, तर आजसम्म संसार मैं बीर भनिने गोर्खाली सेना र राष्ट्रबादी नेपाल सरकारले चुईसम्म बोलेको छैन । घर नै डुबानमा परे भने ज्याननै आटेर लाठी उठाउने र लड़ने निश्चित हुन्छ । समस्या सिमाको दुबै तीर छ । समस्या अनियन्त्रित बाढीÞ हो, नकी भारत र नेपालको राष्ट्रियता या सिमा अतिक्रमण । यस समस्यालाई राष्ट्रबादसंग जोड्नु मूल समस्याबाट भाग्न खोज्नु हो ।

Pravin_karna_CAबाढी समस्यामा नेपालको उदाशिनता

बिगतमा भारतले संयुक्त रूपमा बाढ़ी नियन्त्रणका लागि प्रयास गर्न नेपाल सरकारलाई आग्रह गरेको हो । तर नेपालको उदाशिनताका कारण अहिलेम्म संयन्त्र बन्न सकेको छैन । मधेशमा वर्षेनी आउने बाढ़ी र सुख्खा प्रति नेपाल सरकार सुरुदेखि नै उदाशिन छन् ।

बाढ़ी र सुख्खाको समस्यालाई मधेशीको समस्या सम्झेर ध्यान दिइएको छैन । नेपाल जल स्रोतको धनी देश हो तर नेपालको कृषि बाढ़ी र सुख्खा ग्रस्त छ । कहिले भारतलाई खाद्यान्न निर्यात गर्ने देश नेपाल आज पेट भर्न भारतमाथि निर्भर छ ।

नेपालको समाजिक, आर्थिक र सरकारी संरचनामा मधेशी कृषि तथा शिक्षामा अग्रसर छन् तर सरकारी पहुचमा निकै पछाडि छन् । कृषिको उपेक्षा सुनियोजित रूपमा मधेशीलाई पलायन गर्न बाध्य बनाउने षड्यंत्र हो । वर्षेनी आउने बाढ़ी र सुख्खाले मधेशको अर्थतन्त्रलाई ध्वस्त पारको छ ।

मधेशीले लाठी उठाउनु यस समस्याको समाधान होईन । नेपाल र भारतले संयुक्त रूपमा संयन्त्र बनाई नेपालबाट भारतसम्म बाँध निर्माण गरी सिचाई तथा बाढी नियन्त्रण गर्नु पर्छ ।

मधेशको बढ़ीले भारतको उत्तर प्रदेश, बिहार डुबानमा पर्ने गरेको छ । बाढ़ी नियन्त्रण नेपाल सरकारको विषय नै बनेको छैन । नेपालका सम्भ्रांत कहलाउँदा तथाकथित राष्ट्रबादीहरु मधेशको बिनाशमा खुसी हुने, आफु बसेको डाली आफै काटने मुर्खहरु हुन् ।

तिलाठीको घटना अतिक्रमण वा राष्ट्रियताको प्रश्न नभई आफ्नो बासको रक्षा गर्ने मनुष्यको सरल स्वभाबको परिणाम हो । नेपालबाट बाढ़ी नियन्त्रणमा असहयोग हुनुले भारतलाई एकतर्फी रूपमा बाँध बनाउन बाध्य बनाएको छ । मधेशीले लाठी उठाउनु यस समस्याको समाधान होईन । नेपाल र भारतले संयुक्त रूपमा संयन्त्र बनाई नेपालबाट भारतसम्म बाँध निर्माण गरी सिचाई तथा बाढी नियन्त्रण गर्नु पर्छ ।

राष्ट्रियताको प्रश्न

नेपाली राष्ट्रीयता छुद्र मानसिकताको शिकार भएको छ । तिलाठीको घटनालाई राष्ट्रियतासँग जोड़ने यसको एउटा उदाहारण हो । महेन्द्रले आफ्नो सत्ता स्थायीकरण गर्न जातीयतालाई राष्ट्रियतासँग जोडे ।

एक देश, एक भाषा, एक भेषको नीति एकल जातीय सत्ता स्थापित गर्ने षड्यन्त्र थियो । यस नीतिले नेपाली भाषीलाई पहिलो बर्गमÞा र अन्यलाई दोस्रो बर्गमा राख्ने काम गर्यो । भारतको नेपाली भाषीलाई नेपालमा प्रेम माया गरिन्छ तर नेपालको गैरनेपाली भाषीलाई भारतीय भनिन्छ । एक देश, एक भाषा, एक भेषको नीति संस्कृतिक आत्नकबाद हो जसले आफ्नो स्वजाती र स्वभाषी बाहेकको संस्कृतिमाथि आक्रम गर्यो ।

तिलाठी घटना दुई छिमेकीको आफ्नो घर बचाउने संघर्ष मात्र हो, यसलाई राष्ट्रियतासंग जोडनु, बाढी समस्या निराकरणको पहल नगर्नु संकृण सोचको उपज हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.