Sapatari_badhi_pidit
अमरेन्द्र कुमार यादव, जनकपुर २० श्रावण ।
सप्तरीका बाढी पीडितलाई जनकपुरधामबाट राहत वितरण तथा संकलन कार्य जारी रहेको छ । जनकपुरका विभिन्न संघ–संस्था तथा राजनीतिक दलहरुले सप्तरीका बाढी पीडितलाई राहत वितरण गर्दै आएको छ । नेपाल सदभावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र रामसपालगायतका पार्टीले निरन्तर राहत पठाउँदैछ ।

त्यस्तै हेल्पिङ्ग ह्याण्डस नेपाल र मिथलाक अनुपन डेगले सप्तरीको करिब तीन सय बाढी पीडित परिवारलाई राहत वितरण गरेको छ । जनकपुरमा लागातार चार दिन लगाएर बाढी पिडितको लागि राहत संकलन गरी सोमवार अबेरसाँझ सम्म सप्तरीको रमपुरा मलनियाका स्थानीयबासीहरुलाई सहयोग गरेको छ ।

समितिले बाढी पिडितहरुलाई करिब डेढ लाखभन्दा बढीको खाद्यान्न सामग्री वितरण गर्नुको साथै जनकपुरको शिव भोलेनाथ पोलिक्लिनिकको प्रत्यक्ष सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

लगातारको वर्षाले मधेशको जिल्लाहरु डुबानमा परेको तथा घरहरुमा पानी पसेको, घर खसेको र सम्पूर्ण खाद्यान्न सामग्रीहरु नष्ट भएपछि तत्काल राहतका लागि विभिन्न सामग्री संकलन गरी सप्तरीलगायत डुबानमा परेको जिल्लाहरुमा विभिन्न संघ संस्था तथा आम नागरिकहरुले सहयोग गर्दै आएको छ ।

हेल्पिङ्ग ह्याण्डस नेपाल र अनुपमले सप्तरीको रमपुराका बाढी पिडितहरुलाई विभिन्न १२ वटा खाद्यान्न सामग्रीहरु वितरण गरेको छ । स्याउ, नास्पाति, च्युरा, मुरही, दालमोट, चाउचाउ, विस्कुट, पाउरोटी, सोयाविन, नुन, पानी र भुटेको चिउरा वितरण गरिएको बाढी पिडित खाद्यान्न संकलन तथा वितरण समितिका संयोजक दिपक कुमार मिश्रले जनाएका छन् । हेल्पिङ्ग ह्याण्डस नेपाल र अनुपमको संयुक्त आयोजनामा भएको संकलन अभियानले समितिले जनकपुरबाट शुरु गरेको बाढी पिडित राहत संकलन अभियान विभिन्न सर–सामग्रीहरु लिएर सप्तरीको रमपुरा गएका थिए ।

जनकपुरको विभिन्न स्थानहरुमा हेल्पिङ ह्याण्डस नेपाल र मिथिलाको अनुपम डेगका पदाधिकारीहरु सहित युवा पत्रकारहरुको एक टोलीले जनकपुर लगायत महोन्द्रनगरबाट समेत सहयोग गरेको सदस्य सुदिप कुमार शर्माले जानकारी दिएका छन् । सहयोगको क्रममा पिक अप गाडी भ्यान जानकी नगरका रामनारायण साहले निःशुल्क रुपमा गरेको थियो ।

अभियानमा संयोजक मिश्रसंगै गोविन्द महतो, अमरेन्द्र कुमार यादव , नेहा झा, सुदिप कुमार शर्मा, विन्द किशोर साह, रामएकवाल महरासहितका युवाहरुको प्रत्यक्ष सहभागिता रहेको थियो । यसैगरी प्रतिभा झा, अभिषेक झा, रामनारायण पण्डित, बटुकनाथ झासहितका संकलनमा सहयोग गरेका थिए ।

जनकपुरकै रामानन्दचौकमा रहेको शिवभोलेनाथ पोलिक्लिनिकले सोही स्थानमा निःशुल्क रुपमा स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य सेवा प्रदान गरेको छ । पोलिक्लिनकिको चिकित्सक श्याम किशोर महतो (प्रेमी), जागृत सिह र अशोक कुमार यादवले सो गाउँका करिब एक सय व्यक्तिको स्वास्थ्य परिक्षण तथा निःशुल्क रुपमा औषधि उपचार गरेको थियो । झाडापखाला, आउ हैजा, रिङ्गटा लाग्ने, टाउँको दुख्नेको सहित अन्य समस्याहरुले निःशुल्क रुपमा उपचार गरिएको शिव भोलेनाथ पोलिक्लिनिकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.