अर्कना खातुन,  बिराटनगर, १९ श्रावण ।  मोरङ र झापा गरि हजका लागि यस वर्ष साउदी अरबको मक्का मदिना हज गर्न जानलाग्नु भएका हज यात्रुहरु ३१ जना रहेका छन् । अघिल्लो वर्ष पनि बिराटनगरबाट हज गर्ने यात्री जम्मा ३१ जना रहेका थिए । ईस्लाम धर्मको महत्वपूर्ण पाँच स्तम्भ मध्ये हज एउटा स्तम्ब हो ।

hajj yatri1

आज बिराटनगरमा कौमी एकता समाज तथा नेपाल मुस्लिम युथ कमिटीले हज यात्रीहरुका लागि हज तरबियती क्याम्प कार्यक्रमको आयोजना सम्पन्न गरेको जानकारी लियो क्लबका अध्यक्ष चाँदबाबु इराकिले दिए । इराकीले बताए मुस्लिम समुदायको महानपर्व बकरईद अवसर पारेर हजगर्न यस वर्ष नेपालबाट जाने यात्रीहरुको कोटा एक हजार रहेको छ ।

hajj yatri2

कार्यक्रममा हाजी ईमाम हैदर र ईमाम अब्दुल मनानले हज यात्रुहरुलाई हज गर्न जाँदा विषेश के केमा ध्यान पुर्याउनु पर्ने कुराहरुको तालिम तथा जानकारी समेत दिए । ईस्लाम धर्म अनुसार आर्थिक रुपमा सम्पन्न प्रत्येक मुस्लिम व्यक्तिले जिवनमा हज गर्न अनिवार्य रहेको छ । र हज गर्नको लागि बिशेष ध्यान दिनुपर्ने ऋण नलिएको, उमेर पुगेको छोरा छोरीको बिवाह गरिसकेको, झै झगडा टुङ्गिसकेको हुनुपर्ने, आदि ईत्यादि र सबै सँग मेलमिलाप गरि धर्मस्थलमा जानु पर्ने हुन्छ । धर्म अनुसार अरु बिभिन्न चाहिने कार्य सम्पन्न गरि मात्र जानुपर्ने हुन्छ । हज गर्न धार्मिक स्थलमा जादा पूर्ण स्वचछ र चोखो मनले नमाज यानी प्रथना गरिन्छ भने सबै तिरको रिसराग बिर्सिनु पर्छ ।

सो कार्यक्रममा अघिल्लो वर्ष हज गरिसकेका हाजीहरु तथा नयाँ हजका लागि जान लागेका गरि ७० जना उपस्थित थिए । कार्यक्रममा कौमी एकता समाजका सयोजक इर्शाद अन्सारी, ताजिम अहमद, रुस्तम अलि, साहिद रजा र लियो क्लबका चाँद बाबु इराकी तथा नेपाल मुस्लिम युथ कमिटिबाट ईमाम हैदरको उपस्थित रहेको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.