Tulanarayan_sahतुलानारायण साह

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले काँग्रेस–माओवादीसँग गरेको तीन बुँदे सहमति फेस सेभिङ्गका लागि कागजको रुमाल हो । जुन कागजी रुमालले मोर्चाले आफ्नो मुख छोप्न खोजेको छ ।

यो सहमति अमुर्त सहमति हो । यसका मुख्य विषयहरु नै स्पष्ट छैन । नेताहरुले फेस सेभिङ्ग र सत्तामा जानका लागि यस्तो सहमतिहरु गर्ने गर्छन् । त्यसकै एउटा कडी यो सहमति हो ।

यसअघि विजय गच्छदारले गरेको सहमतिभन्दा पनि कमजोर तीन बुँदे सहमति रहेको छ । यस सहमतिभन्दा गच्छदारले गरेको सहमति स्पष्ट र राम्रो छ ।

सरकारमा जानका लागि यो सहमति प्रचण्डभन्दा बढी मोर्चाका नेताहरुलाई जोगाउने खालको छ । यसलाई समान्य रुपमा लिनु पर्छ । यसबाट उपलब्धी हुन्छ भन्ने विश्वास गर्ने अवस्था छैन ।

यो सहमतिले विजय गच्छदार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई बाराबर हैसियतमा ल्याएको छ । मोर्चा र गच्छदारमा अव कुनै फरक रहेन ।

मधेशमा अव नयाँ राजनीतिक शक्तिको उदय हुने यस सहमतिले निश्चित गरेको छ । मधेशी जनताले अव विकल्पको बाटो रोज्ने सम्भावना बढेको छ ।

साहसँगको कुराकानीमा आधारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.