Upendra-yadav
हुलाकी न्यूज, काठमाडौं १९ साउन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र काँग्रेस–माओवादीबीच भएको तीनबुँदे सहमति पुर्ण सहमति रहेको दाबी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका छन् ।

संसदमा प्रधानमन्त्री चयन प्रक्रिया सम्पन्न भएपछि हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष यादवले तीन बुँदे सहमतिमा औला ठ्डयाउने ठाउँ नरहेको दाबी गरेका छन् ।

मोर्चाले गरेको तीन बुँदे सहमतिको मुख्य बुँदा नै अमुर्त रहेको मधेशी अगुवाहरुले बताइरहँदा यादवको यस्तो अभिव्यक्ति आएको हो ।
हुलाकीसँग यादवले भने,‘तीन बुँदे सहमतिले मधेशी–जनजातिको सम्पूर्ण मागलाई समेटेको छ । यसमा अपुर्ण र अमुर्त कुनै कुरा छैन । यसबाट मधेशको समस्या समाधान हुन्छ भन्ने मलाई विश्वास छ ।’

सहमतिको पहिलो बुँदालाई काँग्रेस–माओवादीले आफ्नो तरिकाले व्याख्या गर्ला नी भन्ने प्रश्नमा यादवले भने,‘बोइमानी गर्नेले गरि राख्छ तर मलाई पूर्ण विश्वास छ यो सहमतिमा बेइमानी गर्न सक्ने ठाउँ छैन ।’

संसदमा बुधबार अध्यक्ष यादवले दिएको अभिव्यक्ति –

Upendra_yadav_Lafing
संविधान कार्यन्वयनका विषयमा जुन सहमति भएको छ प्रचण्डको उम्मेद्‌वारको पक्षमा समर्थक भएर उभिएको छु। अहिले दुई पक्ष छ त्यो के मधेस, थारु, आदीवासी वा सिल्पी समुदालयले उठाएका मुद्दा सम्बोधन नगरी संविधान सर्वस्वीकार्य हुन सक्छ न राष्ट्रलाई नै आगाडि बढाउन सकिन्छ। हतार हतारमा बनाउँदै लादिएको संविधानको विरोधमा मधेसी जनताले बलिदान दिएर रक्तरञ्जित संविधान सर्वस्वीकार्य हुनका लागि यसमा संशोधन गरी अगाडि लैजानु छ। यो विगतमा महसुस गरिएन।

अर्को पक्ष राज्यको अत्याधिक बल प्रयोग गरी हिंसा हत्या भए त्यसबाट उच्चस्तरीय छानविन आयोग गठन गरी मानवताबादी कानुनको उलंघनबारे छानविनदेखि क्षतिपूर्ति दिने सर्तमा हाम्रो मोर्चाले समर्थन गरेको हो।

मलाई विश्वास छ अब नयाँ सरकार बनिसकेपछि जनतालाई यी प्रतिबद्धता र सहमतिलाई कार्यान्वयन गराउने काम हुने छ। विगतमा भएका धेरै सहमति कार्यान्वयन नगर्ने कल्चरको पुनरावृत्ति हुने छैन भन्ने आशा गरेका छौं।

प्रधानमन्त्रीका उम्मेदवार प्रतिस्पर्धी नभएको खेलमा गोल गर्ने अवस्थामा जुन प्रतिबद्धता व्यक्त भएको छ त्यसमा पालना हुनेछ। मधेस, आदिवासी सीमान्तकृत समुदायले यी मुद्दा समाधान हुने आशा गरेका छन्।

जुन मुलुकमा समस्या चाहे जातीय, भाषिक, क्षेत्रीय समस्या समाधान नगरी राजनीतिक स्थिरता हुन र लगानीको बृद्धि गरी आर्थिक विकास गर्न सकिदैन। यो अवसर हो कि संविधान संशोधन गरी जाने।

अघि हाँसोमा चलेको थियो हिजो ९ महिनाका लागि प्रम भएका प्रचण्ड ९ वर्षदेखि प्रम हुन लागेको पनि फेरि ९ महिनामा नै जाने। यसले समस्या समाधानमा खोजी गर्नुछ।

राष्ट्रिय सहमतिको खोजी गर्दा सफल हुन नसकेको समस्या समाधानमा पहल नगर्दा हो। हामीले गरेको त्रूटिलाई सच्याउने अवसर मिलेको छ।

2 COMMENTS

  1. यो सबै धोका हो म लाई पट्कै विशवास लागेन!तर पनि गर्न चाहयो भने जेपनि सम्भव छ भन्छ हेरौ के हुदो रहेछ।सुझाव को रुपमा म मधेसी नेता हरु लाई के भन्न चहन्छु भने अधिकार् को आन्दोलनमा भएको सहिद हरुको रगत संग कुनै प्रकारको धोका हुनु भएन !!

  2. म्धेसी दल हरु राज्य संग पटकपटक धोका खायेकै छ?के उपेन्द्र जि यो कुरा बिर्सनु भयो? कहाँ गयो ती माग हरु ,१.समग्र मधेस एक प्रदेस,२.आत्म निर्णय सहित को अधिकार,पहिचान सहित को संघीयता ,राज्य को हरेक निकाय मा समानुपातिक र समावेसिक सह्भगिता?
    कहाँ गये ती मुद्दा हरु? सबै कुरा यिनी हरु बिर्सेर अब सरकार ले दियेको मधेस मा ३ प्रदेश लाइ स्विकार गरेर सिमान्कन मा मात्र सिमित्त भै सकेको छ?
    आज समग्र मधेसी जनता को प्रश्न छ यी तथ्हकथित नेता हरु लाइ के मधेसी हरु आफ्नो जान को आहुती यसै को लागि दियेको थियो? के सहिद हरु को यहि सपना थियो?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.