
हुलाकी न्यूज, काठमाडौं १९ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्रबीच भएको तीन बुँदे सहमति अमुर्त रहेको मधेशी अगुवाहरुले बताएका छन् ।
सहमतिको पहिलो बुँदामा कुनकुन विषयमा संविधान संशोधन गर्ने भन्ने कुरा उल्लेख हुन नसकेको र मोर्चाका कुनकुन मागलाई संधोशन मार्फत पुरा गर्ने विषय उल्लेख नभएकोले संविधान संशोधनको समयमा किचलो हुने मधेशी बुद्धिजिविहरुले बताएका छन् ।
अधिवक्ता दिपेन्द्र झाले हुलाकी न्यूजसँग कुराकानी गर्दै बुधबार भएको तीन बुँदे सहमति अमुर्त रहेको बताएका छन् । अधिवक्ता झाले भने,‘कुन कुन विषयमा संविधान संशोधन गर्ने भन्ने कुरा सहमतिमा स्पष्ट उल्लेख गरिएको छैन । मंगलबार रातीसम्म सहमतिका खाकामा उल्लेख गरिएका ११ बुँदे माग र २६ बुँदे माग सहमतिका खाकाबाट अचानक हटाइएको छ ।’
अधिवक्ता झाका अनुसार यस किसिमको सहमतिलाई सरकारले आफ्नो तरिकाले व्याख्या गर्नेछ जसले आफु अनुकुल संशोधन गर्नेछ ।
अर्का विश्लेषक तुलानारायण साह हुलाकी न्यूजसँग कुराकानी गर्दै मधेशी मोर्चाका नेताहरुले फेस सेभिङ्गका लागि अमुर्त सहमति गरेको बताएका छन् ।
तर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै तीन बुँदे सहमति पूर्ण रहेको दाबी गरेका छन् ।





Presently top priority for Madheshi Parties was to be on board of Government. They were out of ministerial post occupations since a very long time and in a desperate bid to grab the opportunity at hand, they overlooked such a specific and elaborate content to be included.