
हुलाकी न्यूज, काठमाडौं १९ साउन । संघीय गठबन्धनका नेता तथा संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले काँग्रेस–माओवादीले आफुहरुलाई अलमलमा पारेको बताएका छन् ।
बुधबार विहान हुलाकी न्यूजसँग कुराकानी गर्दै नेता राईले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विजय गच्छदार र कमल थापालाई पाएपछि मधेशी मोर्चालाई अलमलमा पारेको बताएका छन् ।
टेलिफोन संवादमा नेता राईले भने,‘सात बुँदे सहमतिबाट हिजो माओवादीका साथीहरु पछि हटे । उहाँहरु पछि हट्नुको एउटै कारण हो फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र राप्रपा नेपालका कमल थापाले प्रचण्ड जीलाई समर्थन गर्नु ।’
बुधबारको छलफलमा आफुहरुले तयार पारेको सहमतिको खाकामा हस्ताक्षर गर्न माओवादी–काँग्रेस सहमत नभए मोर्चाले समर्थन फिर्ता लिने राईले बताए ।
नेता राईका अनुसार सात बुँदेमा हस्ताक्षर गर्ने सम्भावना न्यून हुँदै गएको छ । बुधबार अन्तिम पटक छलफल गरे टुँगो लाग्ने उनले बताए ।




यदि सहमति भएन भने सडक अान्दोलन मा भोलि देखि नै जानुु पर्छ !
कति आन्दोलन गर्नु हउ, अब त थाकी सके। पाउने भाग पनि गच्छेदारले खाइ दिइ हाल्ने भो जे भएपनि संझौता त गरि हालौ बचे खुचे को भए पनि हुन्छ होइ न त अशोक राि जी