
हुलाकी न्यूज, काठमाडौं १९ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवं सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले आज सहमतिमा हस्ताक्षर हुने बताएका छन् ।
बुधबार विहान हुलाकी न्यूजसँग कुराकानी गर्दै विहान आठ बजेपछि संसद भवन नयाँ बानेश्वरमा हुने छलफलबाट सहमतिमा हस्ताक्षर हुने बताए ।
कर्णले भने,‘हिजो शिर्ष नेताहरु बस्न पाएनन्, त्यसैले सहमतिमा हस्ताक्षर हुन सकेन । आज शिर्ष नेताहरु बसेर हस्ताक्षर गर्नेछन् । खाकाहरु तयार भइसकेको छ ।’
मंगलबार काँग्रेस–माओवादीले मोर्चालाई धोका दिएको हो ? भन्ने प्रश्नमा कर्णले भने,‘मंगलबार दिउँसो शिर्ष तहमा छलफल हुन सकेन । मलाई लाग्छ देउवा जी र प्रचण्ड जी हाम्रो मागमा राजी हुनुहुन्छ ।’
मंगलबार हस्ताक्षर हुने भनिएको सात बुँदे सहमतिमा माओवादी र काँग्रेसका नेताहरुले हेफेर गर्न थाले पछि शिर्ष तहको बैठक हुन सकेको थिएन ।



