Prachanda
हुलाकी न्यूज, काठमाडौं १८ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र काँग्रेस–माओवादीबीच लिखित सहमति नहुँदै मोर्चाका नेताहरु प्रचण्डको समर्थक बसेका छन् ।

बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा काँग्रेस–माओवादीको तर्फबाट प्रधानमन्त्रीका उम्मेदबार पुष्प कमल दाहाल प्रचण्डको समर्थकमा मोर्चाका नेताहरु फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका नेता सर्वेन्द्रनाथ शुक्ला र सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण बसेका छन् ।

मंगलबार दिँउसो २ बजे हुलाकी न्यूजसँग कुराकानी गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्म लिखित सहमति भइनसकेको बताए ।

फोरम नेपालका संसदीय दलका नेता अशोक राईले हुलाकी न्यूजसँग टेलिफोन कुराकानीमा सहमतिका विषयमा छलफल भएको तर मिडियामा आए जस्तो सहमति भईनसकेको बताए ।

राईले मुख्य तीन वटा विषयमा सहमति हुने सम्भावना रहेको बताए । उनका अनुसार मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा तथा क्षतिपुर्ति दिने, मधेशी मोर्चाको ११ बुँदे र संघीय गठबन्धनको २६ बुँदे मागका विषयमा छलफल गरी संविधान संशोधनका लागि पेस गर्ने, प्रधानमन्त्रीको निर्वाचनमा प्रचण्डलाई समर्थन गर्ने विषयमा छलफल भएको छ ।

राईले मंगलबार साँझ सम्म लिखित सहमति हुन सक्ने बताए । तस्बिर : राष्ट्रिय समाचार समिति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.