हुलाकी न्यूज, काठमाडौं ३१ भदौ । मधेशमा आन्दोलन चर्किएको बेला स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत फसाउने षड्यन्त्र भएको दाबी गठबन्धन गरेको छ । गठबन्धनले एक विज्ञप्ति जारी गर्दै प्रहरी र केही मिडियाले आन्दोलनका बेला गठबन्धनका कार्यकर्ता तथा संयोजकलाई बदनाम गर्ने षड्यन्त्रका तहत फासउन खोजेको आरोप लगाएको छ ।

यता हुलाकी न्यूजसँग कुराकानी गर्दै गठबन्धनका नेताहरुले अहिले नजरबन्दमा रहेका सीके राउतलाई झन् यातना दिने मनसायले हातहतियार जस्ता विषय बस्तु जोडेर बदनाम गर्न खोजिएको बताए । उनीहरुले राउतले हिंस्रक आन्दोलन गर्दैछ भनेर प्रचार गराउने र त्यसपछि दमन गर्ने नीति अनुसार यस्तो कार्य गरेको बताए ।

गठबन्धनका नेताहरुले शान्तिपूर्ण आन्दोलन जारी रहेको बताउँदै स्वतन्त्र मधेशको आन्दोलनमा सहभागी हुन मधेशवादी दलका कार्यकर्ताहरुलाईसमेत आग्रह गरेका छन् ।

बुधबार सीके राउतको दस्तावेजसहित हातहतियार भेटिएको समाचार प्रहरीले दिएको थियो ।

डा. राउतलाई फँसाउने, बदनाम गर्ने र आन्दोलनमा होमिनका लागि बाध्य पार्ने षड्यन्त्रस्
प्रेस(विज्ञप्ति २०७२ भाद्र ३० गते

सुनसरीको भोक्राहा गाविस(६ शिवगंजस्थित देवराम यादवको घरबाट “डा। सी। के। राउतको दस्तावेजसँगै हाथहथियार फेला परेको” मिल्दोजुल्दो शीर्षक राखी विभिन्न मीडियामा आएका समाचारहरू प्रति हाम्रो ध्यान आकर्षित भएको छ। निजको घरबाट ू‘अधुरो मधेस यात्रा’, ‘सङ्घीय नेपाल स्वायत्त मधेस प्रदेश’ नामक पाँच थान पुस्तक, मधेसको एकथान नक्सा, ‘मधेस अपना देश’ लेखिएको व्यानर र सिके राउतको तस्विरसमेत बरामद भएको प्रहरीले जनाएको छ।” यसरी निजको घरबाट अनेकौं पुस्तक र सरसामानहरू फेला पर्दा डा। सी। के। राउतको नामबाट शीर्षक राखी उहाँलाई बदनाम गराउने तथा आम(जनमानसलाई सत्य तथ्यबाट टाढा राखी दिग्भ्रमित गर्ने नियतले समाचारहरू प्रेषित गरेको प्रति गठबन्धन घोर आपत्ति प्रकट गर्दछ। यस सम्बन्धी हामी केही कुरा प्रष्ट पार्न चाहन्छौं।

ज्ञ। स्वतन्त्र मधेश गठबन्धन औपचारिक र वैधानिक रुपमै घोषणा गरेको छ कि गठबन्धनसँग वैचारिक रुपले मात्रै जोडिन पनि यी ३ वटा आधार स्तम्भहरूमाथि दृढआस्था राख्नैपर्ने हुन्छ र त्यही अनुसार आफ्नो गतिविधि गर्नुपर्ने हुन्छस् ९क० स्वतन्त्र मधेश ९ख० शांतिपूर्ण एवम् अहिंसात्मक मार्ग, ९ग० लोकतान्त्रिक व्यवस्था। यी कुरामाथि आस्था नराख्नेहरू गठबन्धनसँग कुनै किसिमले आबद्ध भएको मानिँदैन, गठबन्धनको साधारण सदस्य समेत हुन सक्दैन।
द्द। डा। सी। के। राउतद्वारा प्रकाशित किताब, डिविडी, पर्चा(पम्लेटहरू जो सुकैले राख्न सक्छन्, जो सुकैले वितरण गर्नसक्छन्। त्यसले गठबन्धनसँगको कुनै किसिमको आबद्धता जनाउँदैन।
घ। ती सामानहरू बरामद गरिएका घरको घरधनी देवराम यादव कुन पार्टीका सक्रिय सदस्य हुन्, कुन पार्टीको झंडा लिएर विगत एक महिनादेखि आन्दोलनमा सक्रिय छन् र के मांग लिएर, त्यो समाचारमा किन स्पष्ट पारिएन रु

यसले डा। सी। के। राउतलाई बदनाम गर्न खोजिएको नियत प्रष्ट हुन्छ र सम्पूर्ण घटना सुनियोजित भई डा। राउतलाई फँसाउने, बदनाम गर्ने र आन्दोलनमा होमिनका लागि बाध्य गर्ने षड्यन्त्र हुनसक्ने गठबन्धनको ठहर रहेको छ। स्वतन्त्र मधेश गठबन्धन बुद्ध, गांधी र मंडेलाको सिद्धान्त अनुशरण गर्दै शान्तिपूर्ण एवम् अहिंसात्मक मार्गद्वारा नै मधेशको स्वतन्त्रता हासिल गर्न प्रतिबद्ध रहेको कुरा पुनस् दोहर्याउन चाहन्छ र सो सम्बन्धी कुनै किसिमको भ्रम र षड्यन्त्रमा नपर्न आमजनतामा अपील समेत गर्दछ।
कैलाश महतो, सहसंयोजक
स्वतन्त्र मधेश गठबन्धन
मोबाइलस् ढडज्ञज्ञछटडटठड
इमेलस् यगचmबमजभकज२नmबष्।िअयm

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.