Proud to be madheshi
हुलाकी न्यूज, काठमाडौं १५ साउन ।
खाडो नदीको बाधका विषयमा सप्तरी जिल्लाको सिमावर्ती क्षेत्रमा भएको विवादको विरोधमा नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा गैरमधेशी विद्यार्थीहरुले भारतको विरोधमा चर्को नारावाजी गरेपनि मधेशी विद्यार्थीहरु नरम थिए ।

प्रदर्शनमा सहभागी अधिकांश मधेशी विद्यार्थीले बाँधका विषयमा भएको असमझदारी एकआपसमा बसी समाधान गर्नु पर्ने बताए ।

बाँधका विषयमा छिमेकी गाउँ गाउँमा विवाद हुने गरेको र त्यस विवादलाई भ्रामक बनाउन नहुने उनीहरुको तर्क थियो ।

उनीहरुले ‘गर्व सँ कहु मधेशी छि, विदेशी भगौडा नई धरती पुत्र छि’ लेखिएको व्यानर बोकेका थिए ।

केही वर्षअघि यो नारा मातृका यादवले काठमाडौंको विभिन्न स्थानमा लेख्न लगाएका थिए ।

1 COMMENT

  1. काठमान्डाै केन्दीत जस्ताे सुकै चरूकाे नारा लगाए पनि मधेशकाे समस्या हल गर
    न मधेसमा नै अाउनु परछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.