
हुलाकी न्यूज, काठमाडौं १५ साउन । प्रधानमन्त्री केपी ओलीको राजीनामा पछि उत्पन्न राजनीतिक परिस्थिति र बाढीबाट प्रभावित मधेशका विषयमा छलफल गर्न शुक्रबारबाट सुरु भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक शनिबार पनि जारी रहनेछ ।
शुक्रबार अबेर रातीसम्म तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालय विजुली बजारमा बैठक चलेको थियो ।
शनिबार विहान सिंहदरबारमा मोर्चाको बैठक बसेको थियो । तर नेपाली काँग्रेस र माओवादी केन्द्रले सत्ता साँझेदारीका लागि मोर्चासँग शनिबार ११ बजेदेखि छलफल गर्दैछ ।
मोर्चाको बैठक जारी राखेरै मोर्चाका शिर्ष नेताहरु काँग्रेस माओवादीसँग छलफल गर्दैछन् ।
सिंहदरबारको काँग्रेस माओवादी र मोर्चाबीच छलफल जारी रहेको छ ।
बैठकमा सहभागीका अनुसार टेक्निकल राजनीतिक विषयमाथि छलफल हुँदैछ ।



