
हुलाकी न्यूज, दोहा १५ साउन । बैदेशिक रोजगारमा कतार आएका एक जना कामदारको मृत्यु भएको छ ।
महोत्तरी जिल्ला घर भएका बद्री मण्डल खतबेको अहमद अस्पतालमा शुक्रबार मृत्यु भएको हो ।
कतारमा कार्यरत महोम्मद इश्राईलले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार मंडल १५ महिना अघि कतार आएका थिए । उनी सुस मार्बल एण्ड ग्रेनाइट कम्पनीमा कार्यरत थिए ।
मृतक मण्डलको घर महोत्तरी जिल्लाको मनरा हुन सक्ने अनुमान गरिएको छ । मण्डलको मृत्यु बारे खुलाईएको छैन ।
तस्बिर श्रोत : विनय दिलवाले



