
हुलाकी न्यूज, काठमाडौं १३ साउन । बाढी पीडितका लागि स्वराज फाउण्डेशन काठमाडौंले राहत संकलन गर्दैछ ।
बिहीबारबाट राहत संकलन थालेको फाउण्डेशनले पहिलो दिनमै एक लाख ५ हजार संकलन गरेको फाउण्डेशनका बिकी यादवले हुलाकी न्यूजलाई बताए ।
यादवका अनुसार शनिबारसम्म करिब दश लाख रुपैया संकलन हुने अनुमान गरिएको छ ।
फाउण्डेशनका सन्तोष लाभले संकलन भएको रकम पहिलो चरणमा सप्तरीका बाढी पीडितलाई राहत सामाग्रीका रुपमा वितरण गरिने बताए । लाभका अनुसार सप्तरी पछि अन्य बाढी प्रभावित क्षेत्रको अध्ययन गरेर राहत वितरण गरिनेछ ।
राहत संकलनको संयोजन गरिरहेका कासिन्द्र यादवका अनुसार स्वराज फाउण्डेशनले बाढीपहिरो अथवा मधेशमा हुने आगलागीको समयका राहत वितरणका लागि ‘स्वराज फाउण्डेशन सहयोग कोष’ स्थापना गरिएको बताए । उनले यस सहयोग कोषले अन्य विपदका बेला पनि सहयोग गर्ने जानकारी दिए ।
तस्बिर : फेसबुकबाट



