हुलाकी न्यूज, काठमाडौंं ३१ भदौ । अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले राज्यबाट मारिएका मधेशीको बदला लिने चेतावनी दिएका छन् ।

गोइतले विज्ञप्ति जारी गर्दै राज्यले मधेशमाथि दमन जारी राखेको भन्दै स्वतन्त्र मधेशको आन्दोलनमा होमिन अपिलसमेत गरेका छन् ।

त्यस्तै मधेशमा जारी आन्दोलनमा समर्थन पनि गोइतले जनाउँदै सहिदहरु प्रति श्रद्धाञ्जली पनि दिएका छन् ।

“सम्पूर्ण मुक्तिकामी तराईका मूलनिवासीहरु एक होऔं !”
अखिल तराई मुक्ति मोर्चा
केन्द्रिय कार्य समिति
स्था.२०६१

प्रेस वक्तव्य

तराई(मधेश)को मुक्ति स्वतन्त्रताको लागि सशस्त्र आन्दोलन गरे भन्ने नेपाली(पहाडी) राज्यसत्ताले हिंसात्मक दमनचक्र चलाउने छ, संघियताको लागि निःसशस्त्र आन्दोलन निर्वाध संचालन गर्न दिने छ, भने मधेशवादी दलहरुका नेताहरुको आदर्शवादी सुग्गा रटान पुनः तथ्यहीन र कुतर्क साबित भई सकेको छ । काठमाण्डौ लगायत पहाडीमा निषेधित क्षेत्र तोडन खोजदा पानीको फोहराले हानेर लखेट छ भने तराई(मधेश)मा पेट, छाती र टाउमा गोली हानेर भटा भट मारी रहेको छ । यसरी नेपाली(पहाडी) शासकले पहाड र मधेशमा विभेदयुक्त दमन जारी राखेको छ । वस्तुतः यो कुनै अनपेक्षित र अस्वभाविक घटना नभएर, इतिहास साक्षी छ कि नेपालका राजा पृथ्वीनारायण शाहले नै पहाड र मधेशमा विभेद प्ररम्भ गरेको हो । सन् १७७१ अप्रिलदेखि तिरोको रुपमा नगद र हात्ती ब्रिटिश ईष्ट इण्डिया कम्पनी सरकारलाई प्रतिवर्ष बुझाउँने शर्तमा मकवानपुरका सेन राजाका जिमिदारी पृथ्वीनारायण शाहलाई हस्तांन्तरित भयो ।

नेपालको इतिहास शिरोमणि बाबुराम आचार्यले ‘श्री ५बडाँ महाराजाधिराज पृथ्वी नारायण शाहको संक्षिप्त जीवनी’को पृष्ठ ४५१मा उल्लेख गरे अनुसार पृथ्वीनारायण शाहले आफ्नो अधिकार दरिलो गराउनका निमित्त मकवानपुर राज्यका तराई प्रदेशमा जुन अदालत स्थापना गरेका थिए, काठमाण्डौ अर्थात पहाड भन्दा बिलकुल भिन्नै किसिमको थियो । सन् १७७४ मा सशस्त्र सन्यासी विद्रोह दमन तथा प्रतिवर्ष तिरोको रुपमा नगद र हात्ती ब्रिटिश ईष्ट इण्डिया कम्पनी सरकारलाई बुझाउने शर्तमा ‘चौदण्डी’ तथा ‘विजयपुर’का सेन राजाका जिमिदारी पृथ्वीनारायण शाहलाई हस्तांन्तरित भयो । बाबुराम आचार्यले ‘श्री ५बडाँ महाराजाधिराज पृथ्वी नारायण शाहको संक्षिप्त जीवनी’को पृष्ठ ४५२ मा उल्लेख गरे अनुसार पृथ्वीनारायण शाहले ‘चौदण्डी’ तथा ‘विजयपुर’ राज्य अन्तर्गतका तराई प्रदेशमा पनि मकवानपुर राज्य अन्तर्गतका तराई प्रदेशसँग मिल्दाजुल्दा शासन प्रणाली र न्याय व्यवस्था संचालित गरेको थियो ।

नेपालको कानूनी व्यवस्थाको इतिहासमा संबैधानिक हैसियत राख्ने पहिलो हस्तलिखित १४ सय पृष्ठको कानून संग्रह भारदारहरुद्वारा जङ्गबहादुरले तयार गराए । सन् १८५४ को जङ्गबहादुरको लिखित कानूनी व्यवस्थाको ज्यान सम्बन्धी मुद्दामा पहाडको वादी, प्रतिवादीलाई १०, १५ र २५ रुपैयाँ धरौट र.मधेशको वादी, प्रतिवादीलाई १००.–१०० रुपैयाँ धरौट तोकिएको थियो । यसरी शाह र राणाले मधेशी र पहाडी बीचको विभेदलाई लिखित गरेको थियो भने वर्तमान लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्थामा विभेद अलिखित छ ।

दशवर्षे जनयुद्धकालमा पनि अस्पताल परिसर भित्र सेना, प्रहरीले गोली चलाएन । तर, निःसशस्त्र मधेशी आन्दोलनकारीलाई बीरगंजमा अस्पताल परिसर भित्रै गोली हानी प्रहरीले हत्या ग¥यो । भदौ २३ गते महोत्तरीको जलेश्वरमा प्रहरीले गोली हानी तीन जनालाई मरे भने आँखामा आश्रु ग्याँस लागेका बीरेन्द्र विच्छे चापाकलमा आँखा पुछदै गर्दा प्रहरीले घेरेर उनको टाउकोमा माथिबाट गोली हानी हत्या ग¥यो । भदौ २३ गते प्रहरीद्वारा मारिएका नातीको दागबत्ती किन्न गएका हुजर बुवाको २५ गते प्रहरीले नै गोली हानी हत्या ग¥यो । प्रहरीले निर्दोष १४ वर्षिया युवती रामशिला मण्डललाई गोली शिकार बनाए भने बृद्धको आँखामा गोली हानी हत्या ग¥यो । यो कायरतापूर्ण हत्या श्रृङ्गखलाको पछिल्लो कडी रुपन्देहीमा ४ वर्षे वालकको नृशंस हत्या गरिएको छ । मधेशीहरुको हत्या गर्नु नेपाली राज्यसत्ताको आज दिनचर्या बनेको छ ।

मानव सभ्यताका सम्पूर्ण मूल्य र मान्यताहरुको नै खिल्ली उडाउँदै मधेशीहरुको हत्या श्रृङ्गखलालाई नेपाली सत्ताका साझेदार दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘एउटा रुखबाट चार–पाँच दाना आँप झरेका हुन’ भनेर राक्षसी अभिव्यक्ति दिए । यसले नेपाली(पहाडी) शासकका हिंसक अनुहार अन्ततः सबैका सामू छर्लङ्ग पारेको छ ।

२०६१ सालमा हामीले पहाडी समाज हिंसाप्रिय छन् र उनीहरु शान्ति रुचाउँदैन । पृथ्वी नारायण शाहको शासनकालदेखि नेपाली राज्यसत्ता तराई(मधेश)मा शस्त्रको बलमा नै टिकेको विश्लेषण गरियो र सशस्त्र संघर्षद्वारा नै नेपाली राज्यसत्ताबाट मुक्ति पाउने निष्कर्षमा पुग्यो । यतिवेलाको घटनाक्रमले हाम्रोे त्यो विश्लेषण र निष्कर्षलाई सही साबित गरेको छ ।

तराई(मधेश)का मूल निवासीहरुको जारी मुक्ति आन्दोलनप्रति हामी दृढ समर्थनका साथ ऐक्यवद्धता प्रकट गर्दछौं । हाम्रो अखिल तराई मुक्ति मोर्चा सम्पूर्ण अमर शहीदहरुप्रति उच्च सम्मानका साथ श्रद्धालञ्जली अपर्ण गर्दछ र हत्याको बदला लिने प्रतिज्ञा गर्दछ ।

इतिहास निर्माता जनसमुदायको सचेत विद्रोहलाई दुनियाँको कुनै पनि शक्तिले हराउन सकेको छैन र सक्ने पनि छैन ।

तराई(मधेश)का मूल निवासी(मधेशी¬)हरुको एकताबद्ध आन्दोलनका अगाडि यी नेपाली(पहाडी) सत्ताका हत्याराहरुलाई दुनियाँका कुनै पनि शक्तिले बचाउन सक्ने छैन ।

मिति २०७२ भाद्र ३० गते । (जयकृष्ण गोइत)
संयोजक
केन्द्रिय कार्य समिति
अखिल तराई मुक्ति मोर्चा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.