Badhi-pidit
हुलाकी न्यूज, काठमाडौं १३ साउन ।
बाढी पीडितको राहतमा सहयोग गर्न नेताहरुलाई एसएमएस तथा फोन मार्फत दबाब दिने अभियान चलाइएको छ ।

पहिलो चरणमा सप्तरीका संसदहरुलाई निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगतको २० लाख र पुर्वाधार निर्माण कार्यक्रम अन्तरगतको एक करोड ५० लाख रकमबाट बाढी पीडितलाई सहयोग गर्न यो अभियान चलाइएको हो ।

यस अभियानका थालनी गरेका सरोज रायले हुलाकी न्यूजसँग भने,‘संसदहरुले पाउने अधिकांश रकम दुरुपयोग हुँदै आएको छ । आफ्नो कार्यकर्ता पाल्ने र भोट बैंक सुरक्षित गर्ने काममा पैसा दुरुपयोग भएको छ । अहिले बाढी प्रभावितलाई पनि उनीहरुले सहयोग गरेको छैन । त्यसैले हामीले नेताहरुलाई दबाब दिनु पर्छ ।’

रायका अनुसार सबभन्दा बढी प्रभावित जिल्ला सप्तरीका नेताहरुलाई एसएमएस मार्फत दबाब दिन सम्पूर्ण जनतालाई आग्रह गरिएको छ । त्यसपछि अन्य जिल्लाका नेताहरुलाई पनि एफएमएस मार्फत दबाब दिइनेछ ।

तपाईले आफ्नो जिल्लाको मोबाईल नम्बरका लागि हुलाकी न्यूजको नम्बरमा सम्पर्क गर्नु होला ।

यता रायले समाज सञ्जालमार्फत आग्रह गरेका सुचना यस प्रकार छ । थप नम्बरहरु हामी केहीबेरमा उपलब्ध गराउने छौं ।

Flood Victims Calling! Wakeup
हाल निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा प्रतिसभासद २० लाख र निर्वाचन क्षेत्र पूर्वाधार विशेषअन्तर्गत प्रतिनिर्वाचन क्षेत्र १ करोड ५० लाख रुपैयाँका दरले वितरण भइरहेको छ।

सांसदको प्रत्यक्ष संलग्नतामा खर्च हुने दुवै बजेट तोकिएको क्षेत्रमा नगई दुरुपयोग हुने गरेको छ। पार्टी कार्यकर्ताअनुकूल, आफन्त, भविष्यको भोट बैंक केन्द्रित आयोजनामा अधिकांश सांसदले रकम विनियोजन गरी दुरुपयोग गर्दै आएका छन्।

यस कोषबाट सांसदहरू आ-आफ्नो छेत्रको बाढ पिडीतलाई सहयोग गरे भन्ने परिस्थिति धेरै सहज हुनेछ। जनताको पैसा विपदाको बेला प्रयोग नभए कहिले हुने?

दबाव दिन सप्तरीका सांसदलाई फोन वा SMS गर्नुस, Flood Victims calling, wakeup लेखेर मैसेज गर्नुस।
१. उमेश यादव (सिंचाई मन्त्री)- 9852820698
२. गंगा यादव (उपसभामुख)- 9851197231
३. सत्य नारायण मण्डल (खेलकुद मन्त्री)- 9851170265
४. मन्जु चौधरी (एमाले)- 9842828812
५. मानपुर चौधरी (माओवादी)- 9842822597

एक दिनको चिया खर्च फोन र SMS मा खर्च गरि बाढ पिडीतलाई सहयोग गर्नुस।

(सप्तरी जिल्लाका थप सांसदज्यू हरूको नाम र न. उपलब्ध गराउनुस!)‪#‎SaptariFloods2016‬
SHARE! SHARE!! SHARE!!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.