rights to information
हुलाकी न्यूज, रौतहट १२ साउन । सूचनाको हक र अधिकार सम्बन्धी एकदिने अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सुूनाको हकका लागि नागरिक अभियान काठमाडौंको सहकार्य तथा क्रिएटिव ग्रुप अफ नेपाल रौतहटको आयोजनामा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा २३ जना यूवाहरुको सहभागिता रहेको थियो ।

यूवाहरुलाई सूचनाको हक र अधिकार सम्बन्धी ऐन नियमको वारेमा जानकारी दिने र सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी रुपमा सूचना माग्ने क्रमको विकासको लागि तालिम संञ्चालन गरिएको कुरा आयोजक संस्थाका कार्यक्रम अधिकृत धर्मेन्द्र कुमार साहले बताए ।

क्रिएटिव ग्रुप अफ नेपालको सभाहलमा सम्पन्न सो तालिमका सहभागीहरुले सदरमुकाममा रहेका विभिन्न कार्यालयहरुमा समेत सूचना मागको निवेदन दर्ता गराएका छन् ।

अधिकांश सहभागीहरुले आफ्नो गाविस, स्वास्थ्य चौकी, विद्यालयमा अनेक घटनाक्रम रहेको भएता पनि यो ऐनको बारेमा आफूहरुलाई थाहा नभएको कारण ती निकायमा हुने गरेको ढिलासुस्ती, अनुचित कार्य तथा सेवासुविधा वारे जानकारीबाट आफुहरु बञ्चित रहदै आएको बताए ।

सुशासन कायममा यो प्रभावकारी औजार रहेकोले प्रयोग गर्ने प्रतिवद्धता समेत सहभागीहरुले व्यक्त गरे । कार्यक्रमको सहजीकरण रंजिता झा तथा जितेन्द्र कुमार दासले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.