rautahat
हुलाकी न्यूज, रौतहट ११ साउन । सूचनाको हक र अधिकार सम्बन्धी एकदिने अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

क्रिएटिव ग्रुप अफ नेपाल रौतहटको आयोजनामा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा २३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुलाई सूचनाको हक र अधिकार सम्बन्धी ऐन नियमको बारेमा जानकारी दिने र सूचनाको हकसम्बन्धी ऐनको प्रभावकारी रुपमा सूचना माग्ने क्रमको विकासका लागि तालिम सञ्चालन गरिएको कुरा आयोजक संस्थाका कार्यक्रम अधिकृत धर्मेन्द्र कुमार साहले बताए ।

क्रिएटिव ग्रुप अफ नेपालको सभाहलमा सम्पन्न सो तालिमका सहभागीहरुले आजै सदरमुकाममा रहेका विभिन्न कार्यालयहरुमा समेत सुचना मागको निवेदन दर्ता गराएका छन् ।

अधिकांश सहभागीहरुले आफ्नो गाविस, स्वास्थ्य चौकी, विधालयमा अनेक घटना क्रम रहेको भएता पनि यो ऐनको बारेमा आफुहरुलाई थाहा नभएको कारण ती निकायमा हुने गरेको ढिलासुस्ती, अनुचित कार्य तथा सेवासुविधा वारे जानकारीबाट आफुहरु बंञ्चित रहदै आएको बताए ।

सुशासन कायममा यो प्रभावकारी औजार रहेकोले प्रयोग गर्ने प्रतिवद्धता समेत सहभागीहरुले व्यक्त गरे । कार्यक्रमको सहजीकरण रंजिता झा तथा जितेन्द्र कुमार दासले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.