aangkaji sherpa letter1
हुलाकी न्यूज, काठमाडौं ११ साउन । संघीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्य आङ्काजी शेर्पाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

शेर्पाले आज एक वक्तव्य जारी गरी फोरममा नश्लवाद र नातावाद हावी भएको आरोप लगाउँदै नेता पार्टी परित्याग गरेका हुन् ।

उनले पहिचानका आन्दोलनहरुमा अहोरात्रा आउनेलाई भन्दा ठूला ठूला नेताका घरघरमा धाउनेहरुले बढी अवसर पाएको आरोप लगाएका छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादवको नाममा एक पत्र लेख्दै ‘समावेशी प्रतिनिधित्वमा नश्लवाद तथा नातावाद हावी भएको परिप्रेक्ष्यमा पार्टीमा रहेर काम गर्नसक्ने अवस्था नरहेको’ उल्लेख गरेका छन् ।

उनले केन्द्रीय सदस्य, केन्द्रीय सम्पर्क समितिको इन्चार्ज र क्रियाशील सदस्यबाट राजीनामा दिएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.