Badhi_2
हुलाकी न्यूज, काठमाडौं ११ साउन ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको भातृ संगठन तराई मधेश युवा फ्रण्टले मधेशका बाढी पीडितका लागि राहत संकलन गर्दैछ ।

मंगलबारबाट जनकपुरधामबाट राहत संकलन सुरु गरिएको छ । बुधबारबाट बीरगञ्जबाट संकलन थालिने केन्द्रीय अध्यक्ष कृष्णा सिंहले हुलाकी न्यूजलाई बताए ।

मंगलबार नै जनकपुरधामबाट २५ हजार बराबारको सामाग्री जनकपुरका स्थानीयबासीहरुले उपलब्ध गराएका छन् । बुधबारबाट व्यापारी तथा अन्य व्यक्तिहरुलाई विशेष आग्रह गरी सहयोग संकलन गरिने अध्यक्ष सिंहले बताए ।

संकलन भएको राहत सामाग्री आवश्यकता अनुसार सप्तरी, सुनसरी सहितका बाढी प्रभावित जिल्लामा शनिबारसम्म पठाइने सिंहले जनाए ।
जनकपुरमा राहत सहयोग गर्ने चाहने व्यक्तिहरुले तलको नम्बरमा सम्पर्क गर्नु सक्नु हुनेछ । 9854027444,9844008250,041530786 or 9801618000
तस्बिर : रामो महरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.