laxman lal karna
हुलाकी न्यूज, काठमाडौं १० साउन । सद्भावना पार्टीका सह–अध्यक्ष तथा सांसद लक्ष्मण लाल कर्णले आफूहरुले उठाएका मागप्रति लिखित प्रतिबद्धता आए मात्र सरकारमा जाने बताएका छन् ।

रिपोर्टर्स क्लबमा सोम आयोजित साक्षात्कार कार्यक्रममा सहअध्यक्ष कर्णले लिखित प्रतिबद्धता नआएसम्म प्रधानमन्त्री चयनमा मतदान पनि नगर्ने बताएका हुन् ।

काग्रेस–माओवादीको गठबनधनका तर्फबाट कुनै किसिमको प्रतिबद्धता नआएसम्म मधेशी मोर्चाले पर्ख र हेरको नीति लिएको उनले प्रष्ट्याएका छन् ।

उनले कांग्रेस–माओवादी मधेश आन्दोलनका एजेन्डाहरुप्रति गम्भीर रहेपनि यसपटक आफूहरुले निशर्त सहयोग नगर्ने धारणा राखेका हुन् ।

उनले भने, ‘अब हाम्रा माग पूरा गर्न गम्भीर बन्नुभयो भने हामी सहयोग गर्छौं, तर यसपटक हामी निशर्तः सहयोग गर्ने पक्षमा छैनौं, हामीसँग लिखित सहमति हुनुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.