
हुलाकी न्यूज, काठमाडौं १० साउन । तराई–मधेशका बाढीपीडितको सहयोगका लागि सद्भावना पार्टीले पार्टीपंक्तिलाई निर्देशन गरेको छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज एक प्रेस विज्ञप्ति जारी गरी बाढीको सहयोगका लागि आफ्ना नेता कार्यकर्तालाई परिचालन गरिने जनाएका छन् ।
महतोले प्राकृति विपदाको यस घडिमा पीडितहरु माझ अविलम्ब सहयोगका लागि परिचालित हुन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशनसमेत दिएका छन् ।
बाढी पीडितहरुका लागि अविलम्ब आवास, भोजन, औषधी लगायतको व्यवस्थाका साथै बालीनालीलगायतमा हुन गएको क्षतिको लागि पीडितहरुलाई अविलम्ब राहत एवं क्षतिपूर्ति प्रदान गर्न तथा विस्थापितहरुलाई पुनःस्थापित गराउन सद्भावना पार्टीले सरकारसँग माग गरेको छ ।



