Madheshi_armed_group
हुलाकी न्यूज, काठमाडौं १० साउन ।
स्वतन्त्र मधेशका लागि आधुनिक मधेश निर्माण पश्चात हतियार उठेको आज १२ वर्ष पुरा भई १३ वर्षमा प्रवेश भएको छ । १२ वर्षअघि जयकृष्ण गोइतको नेतृत्वमा तत्कालिन जनतान्त्रिक तराई मुक्ति मोर्चाले स्वतन्त्र मधेशका लागि सशस्त्र संघर्ष सुरु गरेको थियो ।

गोइतको सशस्त्र संघर्ष विभाजित हुँदै दर्जनौं समूहमा बाँडिएको थियो । गोइत स्वयम्ले संगठनको नाम परिवर्तन गरी अखिल तराई मुक्ति मोर्चा राखेका थिए । हाल गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)को नेतृत्व गर्दैछन् ।

गोइतद्वारा जारी गरिएको विज्ञप्तिमा दुई सय वर्षदेखि नेपाली शासकको नियन्त्रणमा रहेको मधेश स्वतन्त्र नभएसमम संघर्ष जारी राख्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

गोइतले भनेका छन्,‘तराईका मूल निवासीहरुको अग्रदस्ता जनतान्त्रिक तराई मत्रक्ति मोर्चा(क्रान्तिकारी) यही २०७३ श्रावण १० गते बाह्रौं वर्ष पूरा गरी तेह्रौं वर्षमा प्रवेश गर्दैछ । २०६१ श्रावण १० देखि हामी नेपाली शासन मुक्त तराईको लागि सशस्त्र लडाई लडि रहेका छौं । यो दत्रई सय वर्षपधर्व हाम्रो पधर्खाले नेपाली शासन मुक्त ६तराई६को लागि लडेको सशस्त्र लडाईको क्रमभ³गताको निरन्तरता हो ।’

तस्बिर : श्रवन कुमार देव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.