Saptari_badhi

हुलाकी न्यूज, राजविराज १० साउन । बाढी र अभिरल वर्षाका कारण मधेशका अधिकांश जिल्लाहरु प्रभावित बनेका छन् । जसबाट अनुमानित २५ हजार घर पुर्णरुपले विस्ताथपित हुन पुगेको छ ।

सप्तरीमा मात्रै चार हजार घर डुवानमा परेका छन् । जसबाट करिब २० हजार जना विस्तापित हुन पुगेको हुलाकी न्यूजकर्मीहरुले जनाएका छन् ।

सिंगो गाउँहरु नै डुवानमा परेपछि अन्यत्र सारिएकाहरुलाई खान तथा बस्न समस्या भइरहेको छ ।

सप्तरीमा डुवानमा परेका ठाउँ र प्रभावित घर संख्या

१। सकरपुरा गाविस ५०० घर
२। विषहरिया गाविस २५० घर
३। लौनिया गाविस २०० घर
४। तिलौठी गाविस ३०० घर
५। लोखमर २०० घर
६। रम्पुरा मल्हनिया ७०० घर
७। कोईलाडी बरसाईन ३००स्घर
८। तोपा १०० घर
९। महदेवा, भगवतपुर १०० घर
१०। बथनाहा १०० घर
११। भारदह ५० घर
१२। पोर्ताहा १०० घर
१३। बैरवा ५० घर
१४। सप्तकोशी न।पा। फतेपुर १०० घर
१५। पकरी ६० घर
१६। दिघवा १२५ घर
१७। राजविराज नपा १० को २०० घर
१८। देउरी भरूवा ५० घर
१९। हर्दिया, पिप्रा, दौलतपुर लगायत अन्य ठांउको विवरण आउन बाँकी छन् ।

प्रभावितहरुका लागि राहत सामाग्री अत्यन्तै आवश्यक रहेको छ । उनीहरुको सहयोगका लागि कोशिस संस्थाबाट मदन गुप्ता र युवा समाजसेवी सरोज रायले प्रयास गर्दैछन् ।

तपाईहरुले सप्तरीका बाढी पीडितहरुलाई तत्काल राहत पु¥याउनमा सहयोग गर्न सक्नु हुन्छ । सहयोगका लागि मदन गुप्ताको 9855028361 र सरोज रायको 9841202025 मा सम्पर्क गरेर थप जानकारी गराउन सक्नु हुनेछ ।

तपाईहरुले गरेको सहयोग बारेको समाचार हुलाकी न्यूजमा तस्बिरसहित प्रकाशित हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.