
हुलाकी न्यूज, काठमाडौं ८ साउन । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)ले केपी शर्मा ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ ।
शनिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै फोरम लोकतान्त्रिकले केपी ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।
सरकार अल्पमतमा परेको दृष्टिगत गरी फोरम लोकतान्त्रिकले समर्थन फिर्ता लिएको कुरा फोरम लोकतान्त्रिकका महामन्त्री भारतेन्दु कुमार मल्लिकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्तिमा ओली नेतृत्वको सरकारलाई दिँदै आएको लिने तथा वर्तमान सरकारमा पार्टीबाट सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको जनाइएको छ ।
साथै फोरम लोकतान्त्रिकले व्यवस्थापिका संसदमा प्रस्तुत भएको अविश्वासको प्रस्तावको पक्षमा मतदात गर्ने निर्णयसमेत गरेको छ ।



