
हुलाकी न्यूज, काठमाडौं ८ साउन । शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीमा सयौं नेता कार्यकर्ता प्रवेश गरेका छन् ।
शनिबार काठमाडौंको सोह्रखुट्टे खुशीबुस्थित रहेको विनायक मल्टी भेनुमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा काठमाडौं, नुवाकोट र काभ्रे जिल्लाका प्रभावशाली नेताहरु रामसपामा प्रवेश गरेका छन् ।
बृहत पार्टी प्रवेश कार्यक्रममा रामसपा अध्यक्ष भण्डारी र वरिष्ठ नेता एवं संसदीय दलका नेता निर्जला राउतले ती नवप्रवेशी बिवेक गुरुङ, मुकुन्द रुपाखेति, दोर्जे तामाङ, विश्वास भण्डारी, हरि लामा, विष्णु भट्टराई, प्रदीप जोशी, मिलन कटुवाल, पारुहाङ सुब्बा, सुमन अधिकारी, जीवन मगर, सन्तोष श्रेष्ठ, सुनिल थापा, असिम धमेला, सुमन तामाङ, मीन ब.लामा लगायत सयौं जनालाई अबिर र खादा ओढाइ पार्टी प्रवेश गराएको प्रवक्ता केशव झाले जनाएका छन् ।




