Rupandehi_dubanहुलाकी न्यूज, काठमाडौं ८ साउन । मधेशका अधिकांश जिल्लाहरु डुवानमा परेका छन् । सुनसरी, सप्तरी, नवलपरासी, रुपन्देही र बाँकेको अधिकांश ठाउँ डुवानमा परेका छन् ।

सबभन्दा बढी नवलपारी र रुपन्देहीका जनता प्रभावित बनेका छन् । यी दुबै जिल्लाका केही गाउँहरु पूर्ण रुपले डुवानमा परेका छन् ।

रुपन्देहीमा रोहिनी नदीको पानीले केही गाउँहरु डुबेका छन् भने नवलपरसी सदरमुकामसहित अन्य भागहरु पनि डुवानमा परेका छन् ।

यता बाँकेको नेपालगंज बजार पनि डुवानमा परेका छन् भने बर्दियाका केही भाग डुवानमा परेका छन् ।

कमला नदीको पानीले धनुषाको पूर्वी भागका केही स्थान र सिरहाको पश्चिम क्षेत्रका केही स्थान जोखिममा रहेको छ ।
नारायणी नदीमा आएको बाढीका कारण नवलपारीका अधिकांश भागका जनतालाई सर्तक गरिएको छ ।

कोशीको पानीले सप्तरीका केही भाग डुवानमा परेका छन् ।

रुपन्देहीको बसन्तपुर गाउँ डुवानमा परेपछि स्थानीयलाई उद्धार गर्दै प्रहरी । तस्बिर : राधेश्याम विश्वकर्मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.