
हुलाकी न्यूज, काठमाडौं ७ साउन । थरुहट/थारुवान संयुक्त संघर्ष समिति उपत्यका आन्दोलन परिचालन समितिले सिंहदरबारको गेटमा लालटेन जुलुस प्रदर्शन गर्दै विरोध जनाएको ।
टीकापुर घटनामाप्रति सरकारले कुनै जिम्मेवारी नलिएको भन्दै थारुहरुले शुक्रबार दिउँसै लालटिन बालेर सिंहदरको गेटमा सरकारको खोजी गर्न भनेर विरोध प्रदर्शन गरका छन् ।
थारुहरुले हातमा लालटिन, प्लेकार्ड र छाता बोकेर राज्य कहाँ छ भनेर राज्य प्रशासनको केन्द्र सिंहदरवारको गेटमा सरकारको विरुद्धमा प्रदर्शन तथा नारा जुलुस प्रदर्शन गरेका थिए ।
थरुहट थारुवानको राजनीतिक अधिकारमा साझा अभियान तथा आत्मनिर्णयको अधिकार सहित स्वायत्त प्रदेशको निर्माण भन्ने नाराका साथ थरुहट थारुवान संयुक्त संघर्ष समिति उपत्यका आन्दोलन परिचालन समितिले आजको विरोध प्रदर्शनको आयोजना गरेको थियो ।



