madheshi morcha-nc-mc
हुलाकी न्यूज, काठमाडौं ७ साउन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको अविश्वास प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निशर्त समर्थन गर्ने जनाएको छ ।

शुक्रबार सिंहबारमा कांग्रेस, माओवादी र मधेशी मोर्चाको बसेको त्रिपक्षीय बैठकले सो निर्णय गरेको हो ।

यता, कांग्रेस–माओवादीबीच भएको सातबुँदे सहमतिमार्फत् मधेशको असन्तुष्टि सम्बोधन भइसकेको र आवश्यक परे संविधान संशोधन गरेर माग पूरा गर्ने कांग्रेस–माओवादीले प्रतिबद्धता जनाएको मोर्चाका एक नेताले बताएका छन् ।

आजको बैठकमा मोर्चाका नेताहरुले अविश्वास प्रस्तावमा समर्थन गर्ने तर, सरकार गठनमा सहयोग गर्ने वा नगर्ने भन्ने विषयमा लिखित प्रतिबद्धता आउनुपर्ने मोर्चाका नेताहरुले बताएका छन् ।

कांग्रेस–माओवादीका नेताहरुले नयाँ बन्ने सरकारको प्राथमिकतामा मधेश आन्दोलनका मागहरु रहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.