
तिवारी यादव, बीरगञ्ज ६ साउन । विभिन्न माग राखी ११ दिनदेखि अनसनमा रहेका डा.गोविन्द केसीको अनसनप्रति बीरगञ्जका विद्यार्थीहरुले समर्थन जनाएका छन् ।
बीरगञ्जस्थित घन्टाघर अगाडि ज्ञान् ज्योति प्लस टु साइन्स कलेजमा अध्यनरत छात्रछात्राहरुले डा.केसीको समर्थनमा प्रदर्शन गरेका हुन् ।
विभिन्न नारा लेखिएको प्लेकाड बोकेका विद्यार्थीहरुले नाराबाजीसमेत गरेका थिए ।
करिब तीन दर्जनको संख्यामा रहेका विद्यार्थीहरुले दिउँसो १२ बजेदेखि १ बजेसम्म प्रर्दशन गरेको शिक्षिका मोनिका सिंहले हुलाकी न्यूजलाई बताइन ।



