हुलाकी न्यूज, काठमाडौं ६ साउन । तराई–मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र प्रसाद यादवलाई अस्पतालमा भर्ना गरिएको छ ।
ढाँढको विरामी अध्यक्ष यादवको विहीबार अचानक दुखाई धेरै भएपछि अस्पताल भर्ना गरिएको पार्टीका वरिष्ठ नेता रामनरेश रायले हुलाकी न्यूजलाई बताए ।
रायका अनुसार अध्यक्ष यादवलाई हिड्डुल गर्नमा समेत समस्या हुँदै आएको छ ।
नीनकुने स्थित कान्तिपुर अस्पतालमा यादवलाई भर्ना गरिएको बताउँदै रायले विहीबार अस्पताल मै राखिने जनाए । अध्यक्ष यादवलाई ३ सय ५ नम्बर कोठामा राखिएको छ ।




नेताजी के लिये तुरून्त स्वास्थ्य लाभका कामना…..