Gathabandhan_intraction
हुलाकी न्यूज, काठमाडौं ५ साउन ।
खुल्ला मञ्चको रिले अनसन पछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितका दलहरु आवद्ध रहेको संघीय गठबन्धनद्वारा आयोजित पहिलो अन्तरक्रिया काठमाडौंमा सम्पन्न भएको छ ।

बुधबार काठमाडौंको एक बैंक्वेटमा आयोजित अन्तरक्रियामा गठबन्धनका नेताहरुसहित नागरिक समाजका अगुवाहरु उपस्थित थिए ।
अनसन पछिको तेस्रो चरणको आन्दोलनमा गबठन्धनले विभिन्न दश स्थानमा अन्तरक्रिया गर्ने घोषणा गरे अनुसार पहिलो अन्तरक्रिया काठमाडौंमा भएको हो ।

अन्तरक्रियामा गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बाहेक मधेशवादी दलका कुनै शिर्ष नेता उपस्थित थिएनन् ।

तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी काठमाडौंमा हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएनन् ।

त्यस्तै मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव कार्यक्रम स्थलभन्दा ५० मिटरको दुरुमा रहेको एउटा क्याफेमा बसे पनि कार्यक्रममा सहभागी भएनन् ।

तराई–मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव काठमाडौं बाहिर हुँदा सम्पूर्ण जिम्मेबारी बहन गर्दै आएका रामनरेश राय यादवले आफुलाई कार्यक्रम बारे जानकारी नै नभएको प्रतिक्रिया दिएका छन् ।

सदभावना पार्टीका महासचिव मनिष सुमनले आफुहरु कार्यक्रम बहिस्कार नगरेको दाबी गरेका छन् ।

समाचार श्रोतका अनुसार फोरम अध्यक्ष यादवले मोर्चाको अस्तित्व समाप्त पार्ने गरी एक्लौटी ढंगले गठबन्धनलाई अगाडि बढाउन खोजेका कारण मोर्चाका नेताहरु असन्तुष्ट छन् ।

अध्यक्ष यादवसँग तमलोपा अध्यक्ष ठाकुर र सदभावना अध्यक्ष महतो केही दिन अघिदेखि रुष्ट रहँदै आए पनि तमसपा अध्यक्ष महेन्द्र यादव र रामसपा अध्यक्ष शरत्सिंह भण्डारीले उनको साथ दिदै आएका थिए ।

यादवको पछिल्लो गतिविधिबाट भण्डारी र यादव पनि रुष्ट देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.