MJS
हुलाकी न्यूज, काठमाडौं ५ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलका युवा नेताहरुले कुनै पनि हालतमा सरकारमा नजाने बताएका छन् ।

बुधबार मधेशी पत्रकार समाजद्वारा काठमाडौंमा आयोजित ‘मधेश आन्दोलन वर्तमान राजनीतिक अवस्था र भावी नीति विषयक कार्यक्रममा बोल्दै युवा नेताहरुले मोर्चा कुनै पनि हालतमा सरकारमा सहभागी नहुने दाबी गरे ।

कार्यक्रममा बोल्दै सदभावना पार्टीका महासचिव मनिष सुमनले केपी ओली नेतृत्वको सरकार ढाल्ने आफुहरुको नीति रहेको र सोहीअनुसार ओली सरकार ढल्न लागेको बताए ।

सुमनले अवको चुनावमा गैरमधेशी पार्टीहरुले नराम्रो हार व्यर्होने बताउँदै सम्पूर्ण गैरमधेशवादी पार्टी मधेश विरोधी रहेको घोषणा गरे ।

कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका नेता डा.आभाष लाभले मधेश आन्दोलन स्वतन्त्रता आन्दोलनतिर गइरहेको बताए । गायक डा.लाभले मधेशको ठूला जमात स्वतन्त्र मधेशको पक्षमा देखिएको जनाए ।

तराई–मधेश राष्ट्रिय अभियानका सह–संयोजक देवेश झाले सरकारमा जानुको औचित्य नरहेको बताउँदै मधेशी मोर्चा मुद्दाबाट पंक्षिन खोजेको आरोप लगाए । झाले अहिले पनि समग्र मधेश एक प्रदेश सम्भव रहेको बताउँदै मोर्चा यस मुद्दाबाट पछाडि सरेको दाबी गरे ।

नेपाल सदभावना पार्टीका महासविच कौशलेन्द्र मिश्रले आफुहरु तीन दशकदेखि आन्दोलनमा रहेको बताउँदै निरन्तर आन्दोलन गरिराख्ने दाबी गरे । उनले मोर्चाका अन्य घटकले आन्दोलन छोडे पनि आफुहरु आन्दोलनलाई निरन्तरता दिने बताए ।

मधेशी जनअधिकार फोरम गणतान्त्रिकका युवा नेता संजय यादवले पार्टीहरु सरकारमा गए मधेशको कुनै पनि माग पुरा नहुने बताए । यादवले मोर्चा सरकारमा गए आफुहरु विरोधमा उत्रिने चेतावनी दिए ।

तराई–मधेश सदभावना पार्टीका केन्द्रीय सदस्य जयप्रकाश यादवले अहिले पनि मधेशीहरुसँग दोस्रो दर्जाको नागरिक सहर व्यवहार भइरहेको बताए । यादवले मोर्चाद्वारा मधेशको माग पुरा नभए मधेशमा स्वतन्त्र मधेशको आन्दोलनले तीब्रता पाउने प्रति ध्यानाकर्षण गराए ।

कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष मोहन सिंहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.