gharelu madhira (2)
जनकपुरधाम , ५ साउन ।
 अहिलेपनि प्रहरीकै संरक्षणमा अबैध रुपमा संचालित घरेलु रक्शीहरुको भित्रिने क्रम जारीनै रहेको बताइन्छ । गत महिना अबैद्य घरेलु रक्शीले महोत्तरीमा पाँच जनाको ज्यान गएको थियो भने केही वर्षअघि जनकपुरमै पनि १२ जनाले यस्तै रक्शी पिएरज्यान गुमाउनु परेको थियो ।

घरेलु रक्शीमा देखावटी रुपमा प्रहरीले चेकजाँचको क्रम तिब्र पारेको बताइरदा पनि जनकपुरमा खुलेआम रुपमै घरेलु अबैध रक्शी पाउने गरिएको छ । यस्तो अबैध रक्शी बिक्री गर्नेहरुलाई बढी फाइदा हुने गरेको कारणले र सस्तो पर्ने गरेको कारणले यस्ता रक्शीप्रति उनीहरुको आकर्षण बढ्ने गरेको हो । अबैध रुपका घरेलु रक्शीमा आफुखुशी पानी मिसाउन सकिने र त्यसबाट बढी फाइदा लिन सकिने भएकै कारणले यस्ता रक्शी बिक्रीमा केही होटेल संचालकहरु पल्किएका छन् ।

यस्ता रक्शी बिक्रीमा बिना दर्ता ंचालित होटेलहरु रहेका छन् । प्रहरीमा इमान्दारीता हुनेहो भने यस्ता रक्शीको आयातमा पुर्ण नियन्त्रण गर्न सकिने स्थानियको भनाइ रहेको छ । यस्ता रक्शीको प्रयोगले बढी रक्शी पिउने मानिसहरुले बढी रक्सी पिएर मातिने गरेको र त्यसले गर्दा बाटामै लड्ने गरेको समेत प्रयाप्त उदाहरणहरु छन् । रक्शी उद्योगहरुबाट संचालित रक्शी शिलप्याक हुने गरेको कारण त्यसबाट खासै कठिनाई नहुने गरेको केही रक्शी पियक्कडहरुकै भनाइ रहेको छ ।

अहिले अबैध रुपका रक्शीको बिक्री अन्तरगृह परिक्रमा सडकमै हुने गरीरहेको छ । यस्को नियन्त्रणको लागि पटक–पटक प्रयासहरु गरिएपनि स्थानियको सहयोग नपुगेको कारणले त्यो सम्भव हुन सकिरहेको छैन । केही व्यक्तिले भने अबैध रक्शी बिक्रीको लागि अनुमती दिने घरधनीहरुलाई दण्डित गर्नुपर्ने बताएका छन् । यस्तो रक्शी बिक्रीको लागि आफुले बढी भाडा पाउने प्रलोभनमा परी अनुमती दिने घरधनीहरु समेत दोषी रहेको व्यक्तिको भनाई रहेको छ । तराई टाम्स  / file photo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.