
जनकपुरधाम, ५ साउन । जिल्ला विकास समिति धनुषाका स्थानीय विकास अधिकारी (एलडीओ) बन्दना झाले ठेक्काको कमिसन नपाउ“दा चेकमा हस्ताक्षर गरेकी छैनन ।सोमबार सा“झ लेखा अधिकृत फिरोज आलम सहित चार जनाको टोली रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा चेक सही गराउन गएकोमा कमिसन नपाउ“दा एलडीओ झाले ठेक्काको चेकमा हस्ताक्षर गर्न मानेनन ।
स्रोतहरुका अनुसार लामो भनसुनपछि झाले उपभोक्ता समिति मार्फत भएको कामको चेकमा मात्र हस्ताक्षर गरिन ।असार ३१ गते सम्म कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको निकासा मध्ये उपभोक्ता समितिको चेकहरु झाले सहि गरेपनि ठेक्काको चेक सहि नभएको स्रोतले जनाए । तर लेखा अधिकृत आलमले अनुगमन समितिको प्रतिवेदन आएपछि मात्र भुक्तानी गर्ने बाहेकका चेकहरुमा हस्ताक्षर गरेको जनाए ।
‘जिविस कार्यालयमै चेकमा सहि गरिएकोछ’उनले भने–कोष लेखाको निर्देशन र एलडीओको चित नबुझेको बाहेकका चेकहरुमा सहि भएकोछ । संसदीय कोष र संसदीय पूर्बाधार विकास कोषको उपभोक्ता समितिबाट भएका कामहरुको चेकमा एलडीओले मात्र हस्ताक्षर गरेको स्रोतले जनाए । संसदीय कोषको भुक्तानी रोकिए सांसदहरुले मन्त्रालय र संसदमा आवाज उठाउन सक्ने ‘भय’ले उपभोक्ता समितिको चेकमा उनले सहि गरिन ।
रौतहट जिल्लाकै बासिन्दा रहेकी झा पहिलो पटक एलडीओ भएर आफनै गृह जिल्लामा आउदा तीन महिना नबित्दै बिबादमा परेपछि मन्त्रालय फिर्ता भएकी थिइन । आर्थिक वर्षको अन्तिम असारको ३ गतेदेखि मसान्त सम्मका लागि जिविस धनुषामा आएकी झाले पा“च लाख पनि हात पार्न नसक्दा आक्रोसित भएर चेक सहि गर्न अस्विकार गरेको स्रोतहरुले जनाए । तर उनले चन्द्रनिगाहपुरमा चेक सहीगर्दा केहि रकम नगद लिएको र उपभोक्ताहरुले चेक साटेर कमिसन दिएपछि रकम बुझाउने शर्त राखेको स्रोतले जनाएकोछ । जनकपुर टुडेबाट



