
हुलाकी न्यूज, कपिलवस्तु ४ साउन । संघीय समाजवादी फोरम नेपालका नेता तथा सांसद अभिषेक प्रताप शाहले सद्भावना पार्टीका उपाध्यक्ष तथा सांसद नरसिंह चौधरीले तथ्यहीन प्रतिवेदन पेश गरेको आरोप लगाएका छन् ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमअन्तर्गत कपिलवस्तु क्षेत्र नं. ५ मा परेका योजनाहरु गुणस्तरहीन र समयमा नसकिएको प्रतिवेदन सांसद नरसिंह चौधरीले नेतृत्वको अनुगमन समितिले प्रतिवेदन पेश गरेको थियो ।
उक्त प्रतिवेदनमाथि क्षेत्र नं. ५ का सांसद अभिषेक प्रताप शाहले कडा आपति जनाएका छन् ।
सांसद शाहले माहुरी होमले आयोजना गरेको पत्रकार सम्मेलनमा नरसिहं चौधरीले लगाएको आरोपहरुको खण्डन गर्दै विकासबारे आफ्नो अवधारणा राखेका थिए ।
चौधरीले तथ्यहीन प्रतिवेदन पेश गरी राजनीतिक प्रतिस्पर्धा गर्नका लागि नै आरोप लगाएका हुन भन्ने भनाई शाहको छ ।



