Matrika_yadav
हुलाकी न्यूज, काठमाडौं ४ साउन । नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले आफु प्रचण्डको दुत नभई स्वास्थ्य उपचारका लागि दिल्ली गएको बताएका छन् ।

उपचारको क्रममा दिल्ली पुग्दा भारतीय केही नेताहरुसँग साथीको नाताले छलफल भएको बताउँदै हुलाकी न्यूजसँग यादवले भने ‘म आफ्नो उपचारका लागि केही दिनअघि दिल्ली गएको थिए । प्रचण्डको दुत बनेर होइन । यस्तो हल्ला मात्र फैलाइएको हो ।’

यादवले माओवादी मधेशीकै पक्षमा रहेको बताउँदै मधेशवादी शक्तिहरुसँग छलफल गरेर आफु अगाडि बढ्ने बताए । यादवले अहिलेको अवस्थामा मधेशी शक्तिसँग छलफल र अन्तरक्रिया आवश्यक रहेको बताउँदै आफु त्यस तर्फ काम गर्ने जनाए ।

file photo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.