Terai_madhesh_democretic_party
हुलाकी न्यूज, काठमाडौं ४ असार ।
तराई–मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)को पहिलो महाधिवेशनबाट पार्टी पदाधिकारीहरुको टुँगो लाग्न नसकेपछि सम्पूर्ण जिम्मेबारी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ । महाधिवेशनको एक महिना हुनै लाग्दा पनि पदाधिकारी तथा केन्द्रीय समितिको टुँगो लगाउन सकिएको छैन । जसबाट केही नेताहरुले समाजिक सञ्जाल मै असन्तुष्टि पोखेका छन् ।

महाधिवेशन स्थल नवलपरासीको रामग्राममा असार ९ गते पार्टी पदाधिकारी तथा केन्द्रीय समितिको जिम्मेबारी अध्यक्ष ठाकुरलाई दिइएको थियो । महाधिवेशन स्थलमै सहमतिका आधारमा अध्यक्ष, सहअध्यक्ष र एक जना उपाध्यक्षको टुँगो लागेको थियो । र, बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको चयन गर्ने जिम्मेबारी अध्यक्ष ठाकुरले पाएको छ ।

पदाधिकारी चयनमा ढिलाई बारे उपाध्यक्ष बृषेश चन्द्र लालले हुलाकी न्यूजसँग भने,‘पार्टीमा अहिले पनि छलफल जारी रहेको छ । अध्यक्ष ज्यूले व्यक्तिगत तथा सामुहिक रुपमा पनि छलफल गर्दै हुनुहुन्छ ।’

‘पार्टीलाई सन्तुलित बनाउन हामीले प्रयास गर्दैछौं’ लालले भने,‘मंगलबारसम्म संगठनका विषयमा छलफल हुनेछ । यसअघि उम्मेदबारहरुसँग छलफल भएको छ । हामी सक्दो चाँढो निर्णय सार्वजनिक गर्नेछौं ।’

सोमबार पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गर्ने जनाइए पनि माईनुट लेखन तथा अन्य छलफल बाँकी रहेकाले बुधबारसम्म पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक हुने लालले बताए ।

File photo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.