Bandana_jhaजनकपुरधाम ४ साउन । जिल्ला विकास समिति धनुषाका स्थानीय विकास अधिकारी(एलडीओ) रौतहटबाट चेक काट्न थालेकी छन् । रौतहट जिल्ला घर भएकी र पहिलो पटक रौतहटमै स्थानीय विकास अधिकारी बनेकी बन्दना झाले धनुषाको चेकपनि चन्द्रनिगाहपुरमा काट्न थालेकी स्थानीय पत्रिका जनकपुर टुडेमा समाचार छापिएको छ ।

जिविसले सम्पन्न गरेका योजनाहरुको चेक कार्य मुल्यांकन अनुसार असार २६ गते भित्र नै काटिसक्नु पर्नेमा अझै चेक काटिने काम सम्पन्न भएको छैन । चेक लिन कमिसन दिनुपर्ने आरोप लागिरहेको बेला चन्द्रनिगाहपुरबाट चेक काटिन थालिएपछि जिविस धनुषामा कमिसनको हल्ला ब्यापक भएकोछ ।

प्राबिधिक कार्यालयबाट प्रकृयापुरा गरी लेखा शाखामा भुक्तानीका लागि पुगेका बिलहरुको चेक बनेपनि स्थानीय विकास अधिकारी झा तीन दिनदेखि कार्यालयमा हाजिर नहुँदा भुक्तानी अबरुद्ध भएको छ ।

उपभोक्ता समिति र ठेक्कदारहरु भु्रक्तानीका लागि दिनहुँ जिविस कार्यालयमा हाजिर लगाएपनि चेकमा हस्ताक्षर हुन बाँकी रहेको जवाफ लिएर फर्कने गरेका छन् ।

‘जिल्ला बाहिर गएर चेक काटनु पर्ने स्थिति थिएन’ जिविसका एकजना अधिकृतले भने–‘स्थानीय विकास अधिकारी आउन नचाहँदा चन्द्रनिगाहपुरमा हस्ताक्षरका लागि चेक पठाइएको छ । तर स्थानीय विकास अधिकारी झा काम विशेषले घर आएको जनाउदै मंगलबारदेखि कार्यालयमा हाजिर हुने जनाएकी छन् ।

जिविस धनुषाबाट संचालित योजनाहरुमा गत वर्षहरुको तुलनामा निकै कडाई गरिएको ठेकदारहरु बताउँ छन् । ‘जिविसका प्राबिधिकहरु अत्यन्त कडाई गरेर मुल्यांकन गरेका छन्’ एकजना ठेकदारले भने–काममा कडाई र कमिशनमा बृद्धि हुन सक्दैन ।

जिविसमा कमिसन लिने हल्ला सत्य नभएको उनले दाबी गरे । ‘जिविसका कर्मचारीहरु भागेर चेक काटने स्थिति छैन’ एकजना कर्मचारीले भने–यसबाट संस्थालाई नै ब्यापक बदनामी भइरहेकोछ । असारको प्रारम्भमा हाजिर भएकी स्थानीय विकास अधिकारी झाले जिविस धनुषाको‘दाउपेच’ बुझि नसकेको कारणपनि उनी भागेर काम गरिरहेको अनुमान गर्नेहरु पनि छन् ।

‘जिविस धनुषामा कर्मचारीहरुबीच विश्वासको संकट छताछुल्ल भयो’जिविसका अर्का कर्मचारीले भने–धनुषालाई अनावश्यक बिबादमा पार्ने काम बढी भएकोछ । स्थानीय विकास अधिकारी चेक काटन भन्दापनि निजी कामको सिलसिलामा घर जाँदा अनावश्यक हल्ला फिँजाईएको ती कर्मचारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.